Logo

२०८३, श्रावण २७गते


images
images

भावुक हुँदै किन सम्झिए महराले अमरसिंह र भिमसेन थापा ?

भावुक हुँदै किन सम्झिए महराले अमरसिंह र भिमसेन थापा ?

images
  • भावुक हुँदै किन सम्झिए महराले अमरसिंह र भिमसेन थापा ?
    images
    images

    विष्णु पोखरेल, दाङ । दाङको एउटा राम्रै होटेलको सभाहल । जहाँ प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनको उद्घाटन शत्र चल्दैछ । हलमा अतिथी सहित ७०-८० जना जतिको उपस्तिथि छ । जिल्लामा क्रियाशिल सबै पत्रकार संगठनका नेताहरू र केही स्थानीय एवं राष्ट्रिय तहका राजनितिक दलका नेताहरूले आ-आफ्नो मन्तव्य राखिसकेपछी बोल्ने पालो आउँछ कार्यक्रमका प्रमुख अथिति कृष्ण बहादुर महराको ।

    images
    images
    images


    शिरमा कम्युनिस्ट पार्टीको झण्डा र अंग्रेजीमा नेपाल कम्युनिस्ट पार्टीको छोटो रुप सिपिएन लेखिएको ढाका टोपी लगाएका उनी । जो नेपाली राजनीतिको शिर्ष स्थानमा रहेर दशकौं विताएका छन्  । कैयौं पटक मन्त्री भएका छन् । प्रतिनिधि सभाको सभामुख समेत भैसके ।  उमेरले ६३-६४ टेकिससकेका  उनी देशका भिआईपी हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    बोल्नका लागि माईकको अगाडि पुग्दा नपुग्दै उनी दर्जनौं क्यामराले घेरिईसकेका थिए । उपस्थित पत्रकारहरूमा महरा के बोल्लान भन्ने उत्सुकता स्वभावैले थियो नै । मिडियाकर्मीको अगाडि चर्को स्वरमा ठुलै कुरा गर्लान् र लामै भाषण ठोक्लान भन्ने अनुमान धेरै पत्रकारको थियो । त्यसबाट पंक्तिकार पनि अलग थिएन । 


    तर, त्यसो भएन । महरा न चर्को श्वरमा घण्टौं बोले न त हलबाट गड्गडाहट ताली नै पाए ।


    अत्यन्तै मधुरो श्वरमा १० मिनेट पनि नबोलेका उनले भाषणमा राष्ट्रियताको चिन्ता गरे । माओवादी नेताहरूले बिरलै सम्झिने ईतिहासका वीर पुरुषहरूको नाम लिदैं उनले पत्रकारहरूलाई देशको स्वाधीनता संकटमा परेको बेला सम्पुर्ण संचार जगत एक ठाउँमा उभिनुपर्ने बताए । 


    "अमरसिंह र भिमसेन थापाहरूले जोगाएको हाम्रो देशमा कसैले गिद्देनजर लगाईरहेको छ । हाम्रो देशको संविधान कसैकसैलाई टाउको दुखाइ भएको छ" भावुक हुँदै सानो श्वरमा उनले भने ।


    चिनियाँ नेतृत्वसँग निकट सम्बन्धमा रहेका भनिने महरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सबैभन्दा नजिकका मान्छे हुन् । अड्कलेर बोल्ने महराले एकाएक अमरसिंह र भिमसेन थापाले जोगाएको देशमा कसैले गिद्देनजर लगाईरहेको र त्यसमा स्वदेशी शक्तिहरूले पनि साथ दिईरहेको उल्लेख गरिरहँदा उपस्थित पाका पत्रकारहरू मुखामुख गर्दै थिए । 


    त्यतिमात्र होइन, महराले विदेशी शक्तिको ईसारामा नेपालको संविधानलाई खारेज गर्न खोज्ने शक्तिलाई परास्त गर्न पाँच दलिय गठबन्धन बनेको उल्लेख गरे । र, कायम गठबन्धन सरकार असंबैधानिक बाटोबाट देशलाई बचाउँन बनेको जिकिर गर्दै  गठबन्धनले देशी विदेशी 'प्रतिक्रियावादी'  शक्तिहरूको सामना गर्ने विश्वास व्यक्त गरे ।


    उनले विश्वास त व्यक्त गरे तर  देश अफ्ट्यारोमा परेको बेला संचार जगत एक ठाउँ उभिनुपर्छ भन्नुले 
    उनी आफै भने पाँच दलिय गठबन्धनबाट विश्वस्त छैनन् र मिडिया मार्फत जनतालाई अपिल गर्दैछन भन्ने बुझ्न सकिन्छ ।


    देशको सार्वभौम संसद किन २-२ पटक विघटन गरियो । किन यो देशको प्रधानमन्त्रीले विदेशी खुफिया एजेन्सीका प्रमुखलाई क्वाटरमै भेटे/भेट्छन्, त्यो पनि सुटुक्क !


    अमेरिकन प्रोजेक्ट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को एकातिर  तनाव छ । लिपुलेक, लिम्पियाधुराको लागि संघर्षले सिर्जना गरिरहेको तनाव अर्को तिर छ । देशको व्यवस्था र संविधान नै उल्टाउन संघर्षरत शक्तिहरूको आफ्नै गृहकार्य छ । र, अहिले नै देशका राजनितिक दलहरू विभाजित छन् । मुल राजनैतिक नेतृत्व एक अर्कालाई अनेकन लाल्छना लगाउँदै एकले अर्कालाई सिध्याउने प्रतिस्पर्धामा छन् । र, यहि विचमा महराको हाईटको नेताले एक्कासी किन अमरसिंह र भिमसेन थापाहरूको नाम लिंदैछन् ?


    समयले सबै प्रश्नको जवाफ दिन्छ  तर समयमै जवाफ पाउँन देशको राजनीतिक/प्रशासनिक नेतृत्वका यसप्रकारका अभिव्यक्तिमा गम्भीर हुन र गहन अध्ययन गरिन जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।