Logo

२०८३, श्रावण २७गते


images
images

प्रदेशस्तरीय यु–१६ क्रिकेट

प्रदेशस्तरीय यु–१६ क्रिकेट : उद्घाटन खेलमा रूपन्देहीको सहज जित

प्रदेशस्तरीय यु–१६ क्रिकेट : उद्घाटन खेलमा रूपन्देहीको सहज जित

images
  • प्रदेशस्तरीय यु–१६ क्रिकेट : उद्घाटन खेलमा रूपन्देहीको सहज जित
    images
    images

    भैरहवा । भैरहवामा लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

    images
    images
    images

    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा शुक्रवारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा समीर अली मुसलमानको शतकीय पारीमा रुपन्देही विजयी भएको छ । रुन्देहीले नवलपरासीलाई २ सय ७१ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेको हो ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर ३ बलमा अलआउट हुँदै ३ सय १६ रनको उच्च योगफल बनायो । उसका लागि समीर अली मुसलमानले ७० बलमा १७ चौका र एक छक्काको मद्दतमा १ सय १८ रनको शतकीय पारी खेले । यस्तै, सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३, रोजन कुमालले ३८, लक्ष्मण कुमालले अविजित १८ र सुजन रानाभाटले १४ रन बनाए । 

    images
    images
    images

    बलिङमा नवलपरासीका प्रेमसागर यादवले ४, विष्णु ठठेर र सागर पाण्डेले २–२ तथा आर्यन अलीले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको नवलपरासी १६ ओभरमा अलआउट हुँदै जम्मा ४५ रनमै समेटियो । उसका लागि प्रेमसागर यादवले १३ र आरोनजंग गिरीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा रुपन्देहीका लक्ष्मण कुमाल, प्रिन्स पाल र तुसार चौहानले समान २–२ तथा सोइब हसन मुसलमान र सुप्रिम कंडेलले १–१ विकेट लिए । खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवम् खेल संयोजक प्रथम पराजुलीले बताए ।

    राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।

    प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा खेलाइनेछ ।

    प्रतियोगिता उद्घाटन समारोहमा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, खेल संयोजक प्रथम पराजुली लगायतले बोल्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यु–१६ क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।