देवदह । सगरमाथा आवासीय मा.वि. देवदह–७, शीतलनगरमा शुक्रवार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ४ देखि ७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको बिचमा प्रतियोगिता भएको हो ।
छनोट चरण पार गरेका विद्यार्थीहरुबाट ८ समूह निर्माण गरी उक्त प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका सहायक प्राचार्य प्रदिप अधिकारीले जनाकारी दिए ।
क्वीज क्लव अफ सगरमाथाको आयोजनामा र बालक्लव अफ सगरमाथाको सक्रियतामा सम्पन्न भएको प्रतियोगितामा ब्लु हाउस बी का देव भण्डारीको समूह प्रथम , ग्रीन हाउस ए का असिम महतको समूह द्वितीय र रेड हाउस बी का जेनिस पौडेलको समूहले तृतीय स्थान हासिल गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सह प्राचार्य अधिकारीले विद्यालयमा आयोजना गरिने अतिरिक्त कार्यक्रमले विद्यार्थीहरुलाई वस्तुगत विषयको ज्ञान वृद्धिमा टेवा पुर्याउने बताए ।
विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिता क्वीज क्लबका अध्यक्ष विपुल ज्ञवालीको अध्यक्षता र विद्यार्थीहरु दीपिका अर्याल, अनुज खनाल र स्वयम नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology