Logo

२०८३, श्रावण २७गते


images
images

विश्वशान्तिको आह्वानसहित लुम्बिनीमा शान्ति सम्मेलन

विश्वशान्तिको आह्वानसहित लुम्बिनीमा शान्ति सम्मेलन

images
  • विश्वशान्तिको आह्वानसहित लुम्बिनीमा शान्ति सम्मेलन
    images
    images

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उदेश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ । भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देश सहित शान्ति सम्मेलन गरिएको हो ।  थाई ह्यून डिउ पिस फाउण्डेशनको आयोजनामा विश्वका विभिन्न देशहरुमा भइरहेको युद्ध अन्त्यको कामना गर्दै मेलमिलाप दया र करुणाबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ । बुद्धिष्ट गुरुहरुसँगै हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका प्रतिनिधिहरुविच समेत सम्मेलनमा विश्व शान्तिका लागि छलफल गरिएको छ । 

    images
    images
    images

    सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरण राज्यमन्त्री रुपा विकले शान्तिको अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा  गरिएको सम्मेलन मार्फत विश्वमा शान्ति, सदभाव र मेलमिलापको आह्वान गरिन । उनले डा. लामले विश्वशान्तिका लागि गरेको काम निकै प्रशसंनीय रहेको बताउँदै नेपाल सरकारका तर्फबाट धन्यावाद दिईन ।

    images
    images
    images

    यस्तै सम्मेलनमा पूर्वमन्त्री दीपकुमार उपाध्यायले विश्वसम्पदा स्थल लुम्बिनी शान्ति, अहिंसा र सदभावको स्थल भएको बताउँदै डा. लामको पहलमा बुद्धको उपदेशमार्फत विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा भएको द्धन्द्ध समाधानका लागि भएको पहललाई विश्वले सिक्नुपर्ने अभियान विश्वभर फैलाउने प्रयत्न आफैमा उदाहरणीय रहेको बताए ।

    images
    images
    images

    सम्मेलनमा भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ)  ले आफू राजनीतिक व्यक्ति नभएको बताउँदै सन् २००४ मा लुम्बिनी अन्र्तराष्ट्रिय शिखर बैठक गर्ने बेला नेपालमा तत्तकालिन माओवादीसँग द्धन्द्ध भएको उल्लेख गर्दै त्यसको केही वर्षमा नेपालमा शान्ति पुर्नस्थापना भएकाले यहि सन्देश विश्वका लागि उदाहरणीय रहेको बताए । उनले हिंसा, घृणा र हतियारले कुनै मुलुक समृद्ध हुन नसक्ने बताउँदै बौद्ध दर्शनले अंगिकार गरेको शान्तिको मार्ग नै अबलम्बन गर्न अपिल गरे । लुम्बिनीमा पहिलो अन्तर्राष्ट्रिय भेयतनाम विहारका संस्थापक समेत रहेका भिक्षु डा. लामले विश्वभका विभिन्न मुलुकहरुमा भइरहेको द्धन्द्ध अन्त्यका लागि प्राथना समेत गरे ।

    सम्मेलनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, त्रिभुव विश्वविद्यालयका  प्राध्यापक डा. राजेशकुमार राई र अमेरिकाबाट भिडियो मार्फत इन्टरनेश्नल क्रेन फाउण्डेशनका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक डा. रिचबेलफासले बोल्दै बुद्ध शिक्षामार्फत विश्वमा शान्ति, करुणा, मेलमिलाप कायम गर्न सकिने बताए ।

    उक्त अवसरमा सबैधर्मका प्रतिनिधिहरुले शान्तिका लागि सामूहिक प्रतिबद्धता समेत जनाए । भिक्षु डा. लाम सहित जापानीज बौद्ध गुरु जुनसेई तेरासावा, क्रिश्चियन धर्मका पास्टर रेभ. जिसे के. महाराणा, पण्डित मनोज कुमार मिश्र, अमेरिकाबाट भिडियो सन्देशबाट इन्टरनेशनल एकेडेमी फर इन्टरनेशनल कोअपरेसनका संस्थापक तथा अध्यक्ष डिभाइन मदर आयुदे« कितागावाले सबै धर्मले शान्ति, करुणा र मेलमिलपाकै बाट हिड्न प्रेरित गरेको बताउँदै विश्वशान्तिका लागि आह्वान गरे ।

    सम्मेलनकै अवसरमा लुम्बिनी क्षेत्रमा १८ हजार बृक्षारोपण अभियानका लागि सम्झौता भएको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । पिस फाउण्डेशनका डा. लाम, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख प्रविण विडारी र ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

    वन तथा वातावरण राज्यमन्त्री विकले सोमबार नै १८ हजार विरुवाको बृक्षारोपण कार्यको समेत शुरुवात गरेकी हुन । विहान मायादेवी परिसरमा म्यानमार र विश्व शान्तिका लागि प्राथना गरिएको थियो भने दिनभर भेयतनाम मन्दिरमा शान्ति सम्मेलनमा छलफल गरिएको थियो । साथै सम्मेलनमा नेपाल सहित भेयतनाम, भारतका साँस्कृतिक संगित र नृत्यहरु प्रस्तुत गरिएको थियो।

    शान्ति सम्मेलन ५ वटा ५ अर्थात सन् २०२५ मे महिना (पाँच), ५ तारिख, विहान ५ बजेर ५ सकेन्डको पवित्र संयोग मिलाएर गरिएको पिस फाउण्डेशनका केनेथ डाओले जानकारी दिए । फाउण्डेशन अमेरिका र जर्मनमा समेत स्थापना गरिएको छ । आगामि बर्ष लुम्बिनीमा अझ बृहत रुपमा शान्ति सम्मेलन गर्ने योजना रहेको उनले बताए । यहि मे २५ तारिखमा जर्मनीमा समेत शान्ति सम्मेलन गरिने फाउण्डेशनले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।