Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

images
  • लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट ल्याएको छ ।

    images
    images
    images

    सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।

    images
    images
    images

    जस अनुसार पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।  साथै वित्तीय व्यवस्थातर्फ ३ अर्ब ५५ करोड समेत गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट प्रस्तुत गरिएको छ । 

    images
    images
    images

    बजेटका स्रोतमा आन्तरिक राजस्वबाट ६ अर्ब ६१ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३१ करोड तथा वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, ससर्त अनुदानबाट ४ अर्ब ४५ करोड, समपूरक अनुदानबाट ७६ करोड र विशेष अनुदानबाट ६३ करोड प्राप्त हुने उल्लेख गरिएको छ । त्यसैगरी नेपाल सरकारबाट रोयल्टीबाट प्राप्त हुने ३० करोड र ३ अर्ब ७३ करोड नगद मौज्दातबाट व्यहोर्ने उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।