Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदै

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदै

images
  • लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदै
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमवार दिउँसो १ बजे सातौ अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    images
    images
    images

    पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले सुनाउने र प्रदेश सभा सदस्यहरुको उपस्थिति-अनुपस्थितिको जानकारी दिने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । सोमवारबाट सुरु भएको सातौं अधिवेशन लगातार ५ दिन चलाउने दलहरुबीच सहमति भएको छ । लुम्बिनीमा गत भदौ ३१ गते छैटौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।