Logo

२०८३, श्रावण २७गते


images
images

पीएम कप

रन्जीत खड्काको शतकीय पारीमा लुम्बिनीको पुलिसमाथि शानदार जित

रन्जीत खड्काको शतकीय पारीमा लुम्बिनीको पुलिसमाथि शानदार जित

images
  • रन्जीत खड्काको शतकीय पारीमा लुम्बिनीको पुलिसमाथि शानदार जित
    images
    images

    काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा लुम्बिनीले पुलिस क्लबलाई ५० रनले पराजित गरेको हो ।

    images
    images
    images

    लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ४२.५ ओभरमा अल आउट हुदै २०६ रन बनाएको थियो  ।

    images
    images
    images

    नेपाल पुलिस क्लबका लागि दिनेश खरेलले ९४ रन बनाए भने श्रवण यादवले ३६ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहानले ४ र देव खनालले ३ विकेट लिएका थिए  ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ४९.५ ओभरमा अल आउट हुदै २५६ रन बनाएको थियो  । लुम्बिनीका लागि रन्जीत खड्काले १२८ रनको शतकीय पारी खेलेका थिए  । त्यस्तै आकाश त्रिपाठीले ३६ र दर्श सोनारले ३३ रन बनाएका थिए  ।

    त्यस्तै नेपाल पुलिसका बलर ललित राजबंशीले ३ तथा रशिद खान र दिनेश खरेलले २-२ विकेट लिएका थिए ।

    यो जितपछि लुम्बिनीको ६ खेलमा ७ अंक भएको थियो छ र चौथो स्थानमा उक्लिएको छ भने नेपाल पुलिस क्लबको ६ खेलमा ७ अंक नै छ र तेस्रो स्थानमा रहेको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।