लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति सार्वभौमिक मन्दिरको निर्माणलाई तिव्र पारिएको छ । आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै मन्दिरका प्रमुख श्याल्पा त्न्जिन रिन्पोछेले विश्व शान्तिका लागि छत निर्माण गर्ने उद्धेश्यले मन्दिर निर्माण थालिएको जानकारी दिए । सन् २०१४ सालमा नेपालका लागि भारतका तत्कालीन राजदूत रन्जित रे, हिमालयन बैकका अध्यक्ष मनोज बहादुर श्रेष्ठ र द्धारिका होटलकी संस्थापक अम्बिका श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गरेको मन्दिरको शिलान्यास गरिएको थियो । मन्दिरको मन्दिरको डिजाइन जर्मनीका प्रसिद्ध आर्किटेक्ट स्टेफ ब्राउनफेल्सले गरेका हुन् ।
प्रशासनिक झमेलाका कारण मन्दिर निर्माणमा ढिलाई भएको मन्दिर प्रशासनले जनाएको छ । मन्दिर निर्माण स्थलको आइतबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यवाहाक प्रमुख कल्पना हरिज र पत्रकारहरुको टोलीले अनुगमन गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology