Logo

२०८३, श्रावण २७गते


images
images

असल अभ्यास

जेसीज नेतृत्वले देखेको देवदहको सौन्दर्य

जेसीज नेतृत्वले देखेको देवदहको सौन्दर्य

images
  • जेसीज नेतृत्वले देखेको देवदहको सौन्दर्य
    images
    images

    देवदह । नेपाल जेसीजको एरिया ‘डि’ मा पूर्वी नवलपरासीको गैंडाकोटदेखि महेन्द्रनगरसम्मका ५८ वटा शाखा पर्छन् । झण्डै आधा देश समेट्ने यिनै ५८ वटा शाखाका अध्यक्षहरूको उपस्थितिमा गत चैत्र २९ र ३० गते देवदहमा नेपाल जेसीजको एरिया ‘डि’ प्रेसिडेन्ट मिट आयोजना भयो । देवदह जेसीजको आतिथ्यतामा सम्पन्न दुईदिने प्रेसिडेण्ट मिट केवल संस्थागत बैठक नभई, नगरको प्रचार र पहिचान स्थापित गर्ने अवसर बनेको स्थानीयहरूले महसुस गरे ।

    images
    images
    images

    नेपाल जेसीजको सांगठनिक संरचना र तिनको कार्यगत लगनशिलता हेर्दा भविष्यमा नेतृत्वकर्ता उत्पादन गर्ने क्षमता जेसीज अध्यक्षहरुमा देखिन्छ । जेसीजको हरेक शाखा अध्यक्ष नेतृत्वको प्रतीक मात्र होइन, भविष्यका सम्भावित निर्णयकर्ता त हुन् नै, यस्ता ५८ जना निर्णयक क्षमता बोकेका युवाहरूको एकैपटक देवदह आगमनले स्वभाविक रूपमा देवदहको प्रचार–प्रसारमा योगदान दिएको देवदह जेसीजकी महासचिव कमला अर्याल बताउँछिन् ।

    images
    images
    images

    त्यसो त कार्यक्रमको यही महत्वलाई बुझेर हुनुपर्छ, नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व नगर प्रमुख हिरा बहादुर खत्री तथा वडा अध्यक्षहरुले कार्यक्रममा सहभागी हुने जेसीज लिडरहरुलाई देवदहमा स्वागत गर्दै भिडियो सन्देशसमेत सार्वजनिक गरेका थिए ।

    images
    images
    images

    कार्यक्रमको अन्तिम दिन ५८ वटै शाखाका अध्यक्षहरूलाई देवदह जेसीजले पर्यावरणमैत्री ईलेक्ट्रिक गाडीमार्फत नगरका मुख्य पर्यटकीय क्षेत्रहरूमध्ये पाकरी बृक्ष, मंगलपुष्करिणी दह लगायत स्थलहरुको भ्रमण गरायो । देवदह जेसीजका अध्यक्ष दीपक अधिकारी यसरी शाखा अध्यक्षहरुलाई देवदहको भ्रमण गराउनुको रणनीतिक उद्धेश्य रहेको बताउँछन् । ‘यो भ्रमण केवल स्वागत र सत्कारमा सीमित थिएन, एउटा रणनीतिक प्रदर्शन थियो ।’ अध्यक्ष अधिकारीले भने, ‘यसले देवदहको पर्यटकीय तथा सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा कहीं न कहीं योगदान पुर्याएको छ भन्ने हामीलाई लागेको छ ।’

    पाकरीमा जेसीज .jpeg

    देवदहमा दर्जनौ ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरु छन् । ति मध्ये रोहिणी नदी, भवानीपुर, बैरीमाई, कन्यामाई, खयरडाँडा, मंगलपुष्करिणी दह, सिमसार क्षेत्र, ऐतिहासिक कुवा र इनारहरु मुख्य हुन् । त्यसैगरी देवदहको पहिचान कै रुपमा स्थापित यहाँस्थित पाकरी वृक्ष तथा पछिल्ला दिनमा निर्माण गरिएका पार्कहरु यहाँका पर्यटकीय गन्तव्यका रुपमा स्थापित छन् । 

    जेसीजले देवदहका पर्यटकीय गन्तव्यको भ्रमणमा पेट्रोलियम सवारी प्रयोग गरेन । पर्यावरणमैत्री सवारी मार्फत गरिएको स्थलगत अवलोकनले भविष्यमा देवदहमा हुने पर्यटन व्यवस्थापन कस्तो हुनुपर्छ भन्ने नमूना पनि प्रदर्शन गर्यो ।

    प्रेसिडेन्ट मिट जेसीजको संस्थागत समन्वय, योजना र दृष्टिकोण निर्माणको थलो हो । तर देवदहको सन्दर्भमा यसले त्यो औपचारिक दायरा पार गर्दै ‘नगर चिनाउने राष्ट्रिय प्लेटफर्म’ को काम गर्यो । देवदह जेसीजले केवल कार्यक्रम सम्पन्न गरेर होइन, नगरको सम्भावना प्रस्तुत गरेर ‘संस्थागत जिम्मेवारी’ भन्दा परको सामाजिक योगदान पदर्शन गर्यो ।

    देवदहमा जेसीज .jpeg

    देवदहको बसाइँबाट फर्किएपछि सहभागी अध्यक्षहरूको भनाइले उक्त कार्यक्रमले छाडेको प्रभावलाई अझ गहिरो बनाउँछ । सुर्खेत लेडी जेसीजकी अध्यक्ष कमला बश्याल देवकोटा पहिलो पटक देवदह आएकी थिइन् । बुद्धको मावली भनेर सुनेकी उनी देवदहमा आउँदा आफू अत्यन्त हर्षित भएको अनुभव सुनाइन् । उनले देवदहजस्तो ऐतिहासिक नगर अझै ओझेलमा परेको महसुस गरेकी छन् । ‘पाकरी वृक्षले आफ्नो मन छोएको उल्लेख गर्दै उनले यसको प्रचार–प्रसारमा कन्जुस्याई गर्न नहुने धारणा राखिन् । उनी देवदहलाई पर्यटन र ध्यान केन्द्रको रूपमा विकास गर्न सकिने ठान्छिन् । उनी भन्छिन्, ‘जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ हो - देवदह । यहाँको वातावरण अत्यन्त शान्त छ, जहाँ गएपनि ध्यान गरौँ-गरौँ लाग्ने यस्तो ठाउँमा पुग्न मैले साथीहरुलाई पनि अनुरोध गरेकी छु ।’

    बुटवल जेसीजका अध्यक्ष मोहन न्यौपानेले देवदह जेसीजले कार्यक्रमको भव्य व्यवस्थापन गरेको बताए । उनले भने, ‘बुद्धमावली देवदहमा जेसीजले कार्यक्रम मात्र गरेन, यहाँको पर्यटन विकासमा पनि हातेमालो गर्यो ।’ उनी लुम्बिनी आउने पर्यटकहरूलाई देवदह पनि अनिवार्य घुम्नुपर्ने ठाउँको रूपमा देख्छन् ।

    देवचुली जेसीजका अध्यक्ष ढुण्डीराज केसीका लागि यो पटकको देवदह भ्रमण दोस्रो थियो । उनले देवदहबारे बोल्दै अझै उत्खननको आवश्यक रहेको, उत्खनन भएका स्थानको प्रचार पनि हुनुपर्ने विचार राखे । उनका अनुसार स्थानीय सरकार र सरोकारवाला निकायले पाकरी वृक्ष र बुद्धसँग जोडिएका अन्य सम्पदाहरूको प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ । ‘लुम्बिनीको छेउंमा रहेको देवदह यसरी पछाडि पर्नु हुँदैन । देवदह विना लुम्बिनी अधुरो छ । देवदह लुम्बिनीको छायाँबाट माथि उठ्नुपर्छ’ उनले भने ।

    भवानीपुरमा जेसीज .jpeg

    कोहलपुर जेसीजका अध्यक्ष दीपेन्द्र कठायतले देवदहको बसाइ आफुले अपेक्षा गरेभन्दा धेरै राम्रो भएको बताए । ‘पर्यटकीय क्षेत्रको भ्रमणले कार्यक्रमलाई ऐतिहासिक बनाएको छ’ उनले भने । देवदह घुमेर फर्किएपछि कठायतले अरुलाई पनि देवदह घुम्न आफुले प्रेरित गरेको बताए । देवदहले पर्यटकीय क्षेत्रमा पुग्ने सडकको स्तरोन्नति गर्दै ठूला होटलमा लगानी गरी पाहुनाहरूका लागि राम्रो आवासको व्यवस्था गर्नुपर्ने उनको सुझाब छ ।

    यी भनाइहरूले प्रष्ट गर्छन् कि प्रेसिडेन्ट मिट एउटा साधारण कार्यक्रम थिएन । यो कार्यक्रम नेतृत्वको जमघट मात्र होइन, देवदहको सम्भावना उद्घाटन गर्ने अवसर बन्न सफल भयो । यस्तो ऐतिहासिक क्षणलाई संस्थागत रणनीति, स्थानीय समन्वय र दीर्घकालीन दृष्टिकोणले मात्र स्थायी रूप दिन सकिन्छ ।

    देवदह जेसीजको पहलले नेपाल जेसीजको नियमित वार्षिक कार्यक्रम देवदहको लागि प्रचार, पहिचान र सम्भावनाको उज्यालो क्षण बन्यो । अब प्रश्न यहीँबाट सुरु हुन्छ, के स्थानीय सरकार, पर्यटन व्यवसायी र समुदाय मिलेर यस्ता प्रयासलाई स्थायीत्वमा रूपान्तरण गर्न सक्लान् ? यो अवसरको सुरुवात हो, परिणाम त यो प्रयासको निरन्तरता र समन्वयले मात्र ल्याउनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # असल अभ्यास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।