Logo

२०८३, श्रावण २७गते


images
images

असल अभ्यास

द्रव्यको महत्व होइन, दायित्व बुझाउन 'मोटिभेसन'

द्रव्यको महत्व होइन, दायित्व बुझाउन 'मोटिभेसन'

images
  • द्रव्यको महत्व होइन, दायित्व बुझाउन 'मोटिभेसन'
    images
    images

    देवदह । अहिले हरेक संस्थामा उत्प्रेरणात्मक कार्यक्रम फेशन जस्तै भएको छ । एक दिनदेखि एक हप्तासम्मका यस्ता कार्यक्रम देशमा दिनहुँ भइनै रहेका हुन्छन् । कर्पोरेट हाउसदेखि सरकारी कार्यालय, सहकारी, सामुदायिक वन, विद्यालय, संघसंस्था हुँदै टोलविकास संस्थासम्ममा यि कार्यक्रमहरु हुनेगर्छन् । तर यस्ता कार्यक्रम कति प्रभावकारी भए ? यसले कार्यसम्पादन र नतिजामा के फरकपन आयो भन्ने विषयमा अधिकांश आयोजकले वास्ता गरेको देखिदैन । राज्यका निकाय वा विभिन्न दाताको सहयोगमा कार्यक्रम गर्ने धेरैजसो संघसंस्थाहरु देखाउनको लागि मात्रै कार्यक्रम गरेकोजस्तो गर्ने र बिल भरपाई मिलाउनेतर्फ मात्र उद्दत रहेको पनि पाइन्छ ।

    images
    images
    images

    विद्यालयमा गरिने यस्ता कार्यक्रमको कुरा गर्दा सामुदायिक विद्यालयमा विरलै गरिने मोटिभेसनल प्रोग्रामहरु निजि क्षेत्रबाट सञ्चालित विद्यालयमा भने हरेक शैक्षिक सत्रमा गरिन्छ । एउटै विद्यालयले तह अनुसार वर्षमा तीन÷चार वटासम्म यस्ता कार्यक्रमहरु गरिरहेका हुन्छन् । तर, त्यसरी आयोजना हुने अधिकांश कार्यक्रममा प्रशिक्षकले अन्तिममा दिने सन्देश ‘विद्यालयमा समयमै शुल्क बुझाएमा असल अभिभावक र असल विद्यार्थी बनिनेछ’ भन्ने हुन्छ । विद्यालयको शुल्क वा यो या त्यो रुपमा पैसाको महत्वबारे प्रशिक्षित गरिने यस्ता कार्यक्रममा जाने अभिभावकहरुमध्ये अधिकांशले विद्यालयले समयमै शुल्क बुझाउन निर्देशन गर्ने कार्यक्रममा सहभागी भएर आएको प्रतिक्रिया दिने गर्छन् ।

    images
    images
    images

    यस्तो अभ्यासका बाबजुत रुपन्देही जिल्लाको देवदह नगरपालिकास्थित देवदह माध्यमिक विद्यालयमा भने फरक अभ्यास भएको पाइयो । विद्यालयले दुईदिने कार्यक्रमको क्रममा शिक्षाका तीन मेरुदण्ड शिक्षक, विद्यार्थी र अभिभावकलाई आफ्नो जिम्मेवारी सम्झाउने, भविष्यको सपना देखाउने, सबैले सबैको त्यागको सम्मान गर्ने र एकलाई अर्काको आवश्यकताबारे बुझ्ने बुझाउने विषयमा प्रशिक्षित ग¥यो । जसले सबैको मन जित्यो र आफ्नो जिम्मेवारी महसुस गरायो । 

    images
    images
    images

    उत्प्रेरणात्मक कार्यक्रमको क्रममा सयौंको संख्यामा मानिसहरू रोएका तस्वीर र भिडियोहरू संचारमाध्यमबाट प्रकाशित÷प्रसारित भए । त्यसरी आशुँ बगाउनेहरु अरु कोही नभएर विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षक नै थिए । सयौं मान्छेका अघि मान्छे सजिलै खुलेर हाँस्न सक्छ तर खुलेर रुनको लागि वा आँशु बगाउनको लागि मान्छेले एकान्त खोज्छ । सकेसम्म आँशु लुकाउन खोज्नु मानविय स्वभाव नै हो पनि भन्न सकिन्छ । तर देवदह माविमा त्यस्तो भएन । आम मानविय स्वभाव विपरित सयौंको भिडमा विद्यार्थी, शिक्षक र अभिभावकले आँशु बगाए । कोही एक्लै रोए, कसैले आफ्ना साथी, शिक्षक, अभिभावकलाई अँगालो हालेर रोए । 

    ‘यसरी सयौं विद्यार्थी, अभिभावक अनि शिक्षक एकैचोटी कसरी रुन सक्छन् ?’ कार्यक्रम सकिसकेपछि सेतोमसीले गरेको प्रश्नमा कार्यक्रमका प्रशिक्षक हरिश ओलीले आफुले सबैलाई दायित्वबोध गराउने बताए । ‘मान्छेले जब आफ्नो वा कसैको जिम्मेवारी के हो भन्ने बुझ्छ र उक्त जिम्मेवारी पुरा नभएको महसुस गर्छ तब आँखा रसाउँछन् नै ।’ उनी भन्छन्, ‘आफ्नो दुःखका हजारौ कहानी हरेकसंग छन् । तर जब अरुको कहानी र दुःखमा उसले आफुलाई भेट्छ, त्यहाँ आँशु आँफै झर्छ । कसैले रुवाउनु पर्दैन । मान्छे आफै रुन्छ ।'
       
    प्रशिक्षणको क्रममा कुन विषय र प्रसंगमा मान्छे चिच्यारै रुने तहमा पुग्छ ? भन्ने प्रश्नमा प्रशिक्षक ओलीले आफुले आफ्नै जीवन कहानी र आफुले प्रशिक्षणको क्रममा नोट गरेका विषयवस्तुलाई जस्ताको तस्तै प्रस्तुत गर्ने बताउँछन् । ‘म दुःख गरेर हुर्केको मान्छे हुँ, विद्यालयमा शुल्क तिर्न नसकेर निकालिएको मान्छे हुँ । अनि सानैमा बाबु गुमाएको र आमाले गरेको दुःख देखेर यहाँसम्म आएको हुँ । मैले जे भोगेको थिएँ, मिले जे देखेको छु । प्रशिक्षणमा म तिनै विषय प्रस्तुत गर्छु ।’ 

    उनी भन्छन, ‘म शिक्षकलाई आफ्नो पेशागत दायित्व बोध गराउँछु, विद्यार्थीलाई आफ्ना अभिभावकको दुःखसंग परिचित गराईदिन्छु र अभिभावकलाई आफ्ना छोराछोरीको आँखामा आफ्नो भविष्य खोज्न लगाउँछु । सायद यिनै कुराको महसुस भएपछी उहाँहरुका आँखा रसाउँछन् ।’ प्रशिक्षक ओली गाली वा तालीले होइन, एउटा फूलको थुङ्गाले मान्छेलाई हसाउन र रुवाउन सक्ने बताउँछन् ।

    devdaha mavi.jpg

     

    एक अमेरिकी कवि जोन भान्स चेनीको भनाई छ, ‘यदि आँखामा आँसु नहुने हो भने, आत्मामा इन्द्रेणी कहिल्यै देखिँदैन ।’ फ्रान्सेली दार्शनिक भोल्टायरले ‘आँसुहरू, पीडाको मौन भाषा हुन्’ भनेका छन् भने ूआँसुहरू कमजोरीका संकेत होइनन् ती सच्चा प्रेम र संवेदनाको प्रमाण हुन् ।’ जहाँ आँसु हुन्छ, त्यहाँ आशा पनि लुकेको हुन्छ भन्ने जस्ता भनाइहरु पनि व्याप्त छन् । यसरी हेर्दा जब मान्छेको आत्मालाई कुनै चिजले छुन्छ तब मान्छे रुन्छ । 

    यसप्रकारको फरक अभ्यासको सोंच कसरी आयो भन्ने प्रश्नमा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पाण्डेले गत असारदेखि नै विद्यालयले योजना बनाएको बताए । देवदह नगरपालिकाको शिक्षा शाखाबाट प्राप्त तीन लाख रुपैंया अनुदान रकममध्ये दुई लाख रुपैयाँले भवन मर्मतको काम गरेर बाँकी रहेको एक लाख रकमले उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको उनले बताए ।

    ‘प्रशिक्षक ओली सर मुलतः पिटी प्रशिक्षक हुनुहुन्छ भन्ने थाहा थियो । उहाँ आएपछि हामीले विद्यालयको पिटी व्यवस्थित गर्न सक्छौं र शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत प्रशिक्षित गर्न सकिन्छ भनेर नै कार्यक्रम डिजाइन गरिएको हो ।’ प्रधानाध्यापक पाण्डेले भने, ‘हामीले सबैको सम्मान गर्ने, सबैको योगदानको कदर गर्ने र सकारात्मक सोच सहित अघि बढ्ने हो भने मात्र सफल भइन्छ र त्यसले समग्र समाजलाईलाई असल बनाउँछ भन्ने कार्यक्रम पछि हामीलाई लागेको छ ।

    विद्यालयका अर्का शिक्षक इन्दिरा अर्याल पनि कार्यक्रम प्रभावकारी भएको बताउँछिन् । ‘हामी सबै जिम्मेवार छौं । एकअर्काको साथ र सहयोगले हामी अहिले यो अवस्थामा छौं र हामीलाई यस्तो साथ जीवन प्रयत्न चाहिन्छ भन्ने सन्देश कार्यक्रमले हामीलाई दिएको छ ।’ उनले भनिन्, ‘एकले अर्कालाई आदर–सम्मान गर्ने र कसै न कसैप्रति हाम्रो दायित्व छ, हामी कसैको भरोसा हौँ भन्ने कुराको बोध भयो भने त्यसले मानिसको जीवनलाई नै बदल्दिन सक्छ ।’

    काय्र्रक्रममा विद्यालयका सबै शिक्षक, विद्यार्थी तथा ९० प्रतिशत अभिभावक सहभागी भएको र यसले सिकाई प्रक्रियालाई यसले सहज बनाउने विद्यालयका अध्यक्ष सुरज खरेलले बताए । उनले भने, ‘यस्ता कार्यक्रमले विद्यालयको नतिजा मात्र नभएर युवाहरुको जीवन र जगतलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउन सक्छ ।’ 

    देवदह माविको सो कार्यक्रमको अवसरमा केही शिक्षकले अभिभावकविहिन विद्यार्थीको अभिभावकत्व लिएका छन् । विद्यार्थीले आफ्ना अभिभावकलाई माला लगाइदिएर सम्मान गरेका छन् । अँगालो हालेर रोएका छन् र आफ्नो जीवनमा अभिभावकले पु¥याएको योगदानको स्मरण गर्दै आँशु बगाएका छन् । सबैले आ आफ्नो जिम्मेवारी र दायित्वबोध गर्दै झारेका ति आँसुहरु त्यतिकै खेर जाने छैनन् । आँसु झरेसँगै हलुका हुने ति मन र मस्तिष्कमा थप नयाँ जोँस, जाँगर र उर्जा थपिनेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # असल अभ्यास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।