काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरुले गरेको तोडफोड र आगजनीको घोर भत्र्सना गर्दै घटनामा सम्लग्नलाई कडा कारबाहीको माग गरेको छ । शुक्रवार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिबारे पत्रकारहरुलाई जानकारी दिँदै महासचिव घनश्याम भुसालले यस्तो बताएका हुन् ।
उनले पार्टी कार्यालयमा हुनसक्ने सम्भावित दुर्घटनाबारे प्रहरीलाई खबर गरिएको भएपनि समयमै शतर्कता नअपनाएर प्रहरीले घोर लापरबाही गरेको आरोप लगाए । भुषालले अराजक झुण्डले कार्यालयको झ्याल ढोका तोडफोड गरेर कागजात तथा फर्निचर जलाएको बताए ।
उनले अराजक गतिविधि गर्ने समूहरुमाथि प्रतिकार गर्न र नागरिकको रक्षाप्रति सचेत रहन नागरिक समुदायलाई आग्रह गरे । सरकारलाई सम्भावित घटनाको बारेमा सूचना भएपनि सुरक्षा व्यवस्था मिलाउन नसकेको प्रष्ट देखिएको उहाँको भनाइ छ ।
महासचिव भुसालले पार्टीले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै पश्चगमनकारीको अवशेष पनि बाँकी नरहने गरी निर्मुल पार्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology