Logo

२०८३, श्रावण २७गते


images
images

एकीकृत समाजवादी रुपन्देही अधिवेशन शुरु

पुर्नरउत्थानबादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप आवश्यक : घनश्याम भुसाल

पुर्नरउत्थानबादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप आवश्यक : घनश्याम भुसाल

images
  • पुर्नरउत्थानबादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप आवश्यक : घनश्याम भुसाल
    images
    images

    बुटवल । नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिले सहि दिशा लिन नसक्दा पुर्नउत्थानवादी शक्तिहरु सलबलाएको बताएका छन् । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताए ।

    images
    images
    images

    नेकपा एकिकृत समाजवादी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको उद्घाटन समरोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले नेपालबाट राजतन्त्र घाटमा सेलाईसकेकाले त्यो ब्यूझिएर आउन सम्भव नरहेको बताउँदै यसका लागि गणतान्त्रिक शक्तिहरुमा सुधारको खाँचो रहेको औल्याए । 

    images
    images
    images

    कुशासन र बेरोजगारी समस्याका कारण पुर्नरउत्थान र पपुलिष्ट शक्तिहरुको स्वर चर्को भएको भन्दै यसका लागि सरकार र मुख्य राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने उनको भनाई छ । महासचिव भुसालले राजनीतिक रुपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालको दुरदर्शा हुने खतरा रहेको बताए । उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रह समेत गरे । 

    images
    images
    images

    ‘कुनै जमाना यस्तो थियो, ओली जी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थेँ’ महासचिव भुसालले भने –‘तर आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो, यो सामान्य कुरा होईन।’ उनले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, काँग्रेस सभापती शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड त्याग्नुपर्ने बताए । ‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन’ महासचिव भुसालले भने –‘रोजगारीको र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने ऐजेन्डामा आउनुस् ।’ 

    नेकपा एकिकृत समाजवादीले मुलुकमा भएको अस्तव्यस्ताबाट बाहिर निकाल्न र गणतन्त्रको रक्षाका लागि चैत १ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको बताउँदै त्यसैको आधारमा राष्ट्रिय ऐजेन्डामा आउन उनको आग्रह छ । उनले १० बर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पूँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी राष्ट्रिय ऐजेन्डा बनाउन सर्वदलीय सम्मेलनको प्रस्ताव गरेको समेत बताए । मुख्य तीन दलका नेताहरुप्रति संकेत गर्दै भुसालले भने ‘यिनीहरुले अहिले सुन्दैनन, दम्भ, घमण्डले सुन्दैनन’ उनले भने –‘जब अराजनीतिक मान्छेहरुले लखेट्न थाल्छन् बल्ल बुझ्छन् ।’ उनले बाहिरबाट हेर्दा सारा नेपाल बौलाएजस्तो देखिएको बताउँदै मुख्य समस्या गरिवि, बेरोजगारीले जन्माएको निराशाको परिणाम भएको बताए । 

    राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गरेको बताए । उनले अहिले पनि वर्तमान अवस्थालाई दुइतिहाईको सरकारले नबुझ्ने हो भने राजावादी वा पुनउत्थानबादीहरु थप सक्रिय हुने बताए । ‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो, हामी त्यसैक लागि आन्दोलनको मैदानमा होमिएका छौं’ उनले भने । उनले अहिले आफूहरु आन्दोलनको मैदानमा सबैलाई आउन आह्वान गरेको बताउँदै हण्डर ठक्कर खाएपछि नेकपा एमाले, काँग्रेस पनि, माओवादी पनि एकै ठाउँ आउने बताए । 

    एकिकृत समाजवादीको आन्दोलन लामो यात्राका लागि तय भएको बताउँदै ग्रिन सिंग्नलका लागि नभएको उनले बताए । ‘अब सत्तामा गएर दुईवटा मन्त्री लिएर बस्दैन, जनतामा जान्छ, एक्लै आन्दोलनको शुरुवात गर्ने हो’ उनले भने । उनले वामपन्थी र कम्यूनिष्टहरुसँग सडकको यात्रामा भेट हुने बताए । उनले राष्ट्रिय पूजीको विकास गर्दैै समाजवादमा जाने यात्रामा सडकमै एकता र सहकार्य हुने बताए । उनले आफूहरुको कार्यक्रममा मुलुकको राजनीति आउने समेत दावी गरे । 

    यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरीले संविधानको रक्षाका लागि आफूहरुले एमालेबाट विद्रोह गरेको बताए । उनले अहिलेको राजनीति पनि आफूहरुको पार्टीकै वरिपरि घुमेको बताए । 

    यस्तै सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली बिशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरुको भएको बताए । उनले नेपाली बिशेषताको समाजवादको कार्यक्रम, त्यसबाट समृद्धि र कम्यूनिष्ट एकताको कुरा गरेको बताए । 

    अधिवेशन उद्घाटन सत्रमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरु नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफूहरुको ऐजन्डा ठिक भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

    यस्तै कार्यक्रममा नेकपा मालेका स्थायी कमिटि सदस्य गोपालमणि भट्टराई, पूर्व सांसद रामचन्द्र भट्टराई, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, नेकपा रुपन्देहीका अध्यक्ष शरद वली, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी,रास्वपा रुपन्देही सचिव विष्णु प्रसाद पौडेल लगायतले बोल्दै अधिवेशन सफलताको शूभकामना दिएका थिए । 

    समाजवादीको शनिबार उद्घाटन सत्र र आईतबार बन्दसत्र हुने कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । आईतबार बन्दसत्रमा सांगठिक लगायतका विभिन्न प्रतिवेदन र प्रस्तावहरुमाथि छलफल गरी नयाँ नेतृत्व चयन गर्ने उपसचिव टंक पोख्रेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।