Logo

२०८३, आश्विन ९गते


images
images

कसैले सूचना माग्दा अप्ठ्यारो नमानौँ: मुख्यमन्त्री आचार्य

कसैले सूचना माग्दा अप्ठ्यारो नमानौँ: मुख्यमन्त्री आचार्य

images
  • कसैले सूचना माग्दा अप्ठ्यारो नमानौँ:  मुख्यमन्त्री आचार्य
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन्।

    images
    images
    images

    आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले जनताको सुसूचित हुने अधिकारलाई सम्मान गर्दै हरेक सरकारी क्रियाकलाप जनतासमक्ष पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए । उनले सरकारका हरेक कदम स्पष्ट, छरितो र प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउनु आजको समयको माग भएको बताए । मुख्यमन्त्री आचार्यले सरकारका हरेक कार्यहरूमा पारदर्शिता आवश्यक भएको भन्दै जनताले छर्लङ्ग देख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । उनले जनताको माग बमोजिम सूचना उपलब्ध गराउन ढिलासुस्ती नगर्न र सूचना प्रवाहमा हुने आनाकानी तथा अपारदर्शी प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । `सरकारले जनताको हितका लागि काम गर्छ । हामी जनताको ऐना हौं । हाम्रो कार्यशैली र उपलब्धि स्पष्ट रूपमा जनताले देख्न पाउनुपर्छ´, उनले भने- `सरकारको कामलाई पारदर्शी र भष्ट्राचार मुक्त बनाउन सूचनाको हकलाइ प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।´ सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री कार्यालयबाट सूचना अधिकारी तोक्न निर्देशन दिइसकेको जानकारीसमेत दिए ।

    images
    images
    images

    उनका अनुसार सूचना व्यवस्थापनमा सुधार ल्याएर जनतासमक्ष सरकारका काम पुर्‍याउनैपर्छ। सूचना माग गर्दा अप्ठ्यारो महसुस नगरी समयमै सूचना उपलब्ध गराउन निर्देशन दिँदै यो कार्य सरकारलाई सच्चिन र सुध्रिन सहयोगी हुने धारणा राखे । उनले पारदर्शिता र जनउत्तरदायित्वको माध्यमबाट जनताको विश्वास जित्न सरकारले गम्भीर भूमिका खेल्नुपर्ने बताए। सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षालाई सम्बोधन गर्ने दिशामा काम गर्न सबै सरकारी निकायहरू सचेत हुनुपर्नेमा जोड दिए। सूचना व्यवस्थापनमा हुने ढिलासुस्तीले जनतामा नकारात्मक धारणा उत्पन्न हुने भएकाले यसलाई तत्काल अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

    images
    images
    images

    अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकारीहरूले सूचना प्रवाहलाई व्यवस्थित गर्दै जनउत्तरदायी शासन प्रवर्द्धन गर्न सरकारका पहललाई साथ दिने प्रतिवद्धता जनाएका थिए। मुख्यमन्त्री आचार्यले कार्यक्रममा सहभागी सबै अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर रहन र जनताको हितमा थप सक्रिय हुन निर्देशन दिए।

    राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डाक्टर सुरेशप्रसाद आचार्यको उपस्थितिमा प्रदेश सरकारले कार्यक्रम गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।