Logo

२०८३, आश्विन ९गते


images
images

चीनको सिचुआनबाट भैरहवामा सिधा हवाई उडानकाे लागि पहल सुरु : मुख्यमन्त्री आचार्य

चीनको सिचुआनबाट भैरहवामा सिधा हवाई उडानकाे लागि पहल सुरु : मुख्यमन्त्री आचार्य

images
  • चीनको सिचुआनबाट भैरहवामा सिधा हवाई उडानकाे लागि पहल सुरु : मुख्यमन्त्री आचार्य
    images
    images

    दाङ । चीनकाे सिचुआन प्रदेश सरकारकाे आयाेजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनकाे सिचुआन प्रदेश सरकार विच पर्यटन प्रबर्द्धनमा सहकार्य गरिने बताएका छन् । 

    images
    images
    images

    भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका विचमा सहयाेग आदानप्रदानलाई तिब्रता दिइने उनले बताए । 

    images
    images
    images

     छेन्दुमा रहेकाे जाइन्ट पाण्डा ब्रिड सेन्टरकाे बुधबार अवलाेकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनकाे छेन्दुबाट लुम्बिनीकाे भैरहवा सिधा हवाई उडानकाे व्यवस्था गर्ने बारेमा पहल सुरु भएको बताए ।  

    images
    images
    images

    चीनले पर्यटनकाे क्षेत्रमा हाँसिल गरेकाे उपलब्धि र सिकाइलाई अनुशरण गरिने र पर्यटन प्रबर्द्धनमा सहकार्य हुने उनको भनाइ छ । `हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रकाे व्यवस्थापनमा चीनिया अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ´ उनले  भने -`लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँकाे सिकाइ उपलब्धि मुलक बन्ने छ ।´

    मुख्यमन्त्री आचार्य सहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तराष्ट्रीय रेलवे बन्दरगाहाको समेत अवलोकन गरेकाे छ । 

    भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्याैपाने, मुख्यमन्त्रीकि श्रीमती दिपा आचार्य लगायत भ्रमणमा सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।