Logo

२०८३, आश्विन ९गते


images
images

डुबान र कटानको समस्या समाधान गर्न योजना बनाएर कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री आचार्य

डुबान र कटानको समस्या समाधान गर्न योजना बनाएर कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री आचार्य

images
  • डुबान र कटानको समस्या समाधान गर्न योजना बनाएर कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री आचार्य
    images
    images

    बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेमा राप्ती नदीको बाढीका कारण हुँदै आएको डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन गर्ने बताएका छन् ।

    images
    images
    images

    आज राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा राप्ती नदीले कटान गरेको स्थलको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकले भोग्दै आएका डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालीन र दीर्घकालीन समाधानका योजना अघि सारिने जानकारी दिए ।

    images
    images
    images

    राप्ती सोनारी गाउँपालिका–७ खल्लाझगडियामा डुबान र कटानको समस्या बढ्दा मानवबस्ती उच्च जोखिममा परेको छ । स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

    images
    images
    images

    “राप्ती नदीमा आउने बाढी र त्यसले पुर्‍याउने जोखिम न्यूनीकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ”, मुख्यमन्त्री आचार्यले भने, “जहाँ जोखिम छ, त्यहाँ तटबन्धको आयोजनाको काम अघि बढाउन अग्रसरता दिइनेछ ।”

    राप्ती नदीमा आउने बाढीका कारण बाँकेको तटीय क्षेत्र सधैँ डुबानमा पर्ने गरेका छन् । स्थानीय विस्थापित हुने र खेतीयोग्य जमिन बगरमा परिणत हुँदा समस्या बढ्दै गएको छ ।

    नरैनापुर गाउँपालिका डुबान र कटानका कारण पूर्ण प्रभावित हुँदै आएको छ भने राप्ती सोनारी–७ को ७५ प्रतिशत भूभाग प्रभावित हुँदै आएको स्थानीय पूर्णबहादुर चौधरीले बताए ।

    “राप्ती नदीले कटान तीव्र पार्दा हाम्रो उठिवास हुने अवस्था आयो । सरकारले समयमा तटबन्ध नगरे हामी विस्थापित हुने जोखिम छ”,उनले भने,“समस्या समाधान गर्नेगरी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।” राप्ती नदी तटबन्धका लागि सङ्घीय सरकारले जनताको तटबन्ध कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रमबाट तटबन्ध सञ्चालन गर्न बजेट अभाव हुँदा स्थानीय नदी कटान र डुबानको जोखिममा बस्नुपर्ने बाध्यता छ ।

    जोखिम क्षेत्रको अवलोन गर्न मुख्यमन्त्री आचार्यसहित प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिले स्थानीय बासिन्दासँग छलफलसमेत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।