Logo

२०८३, आश्विन ९गते


images
images

जनप्रतिनिधिले तलव पाउने सिस्टममा पुनरावलोकन गरौँ : मुख्यमन्त्री आचार्य

जनप्रतिनिधिले तलव पाउने सिस्टममा पुनरावलोकन गरौँ : मुख्यमन्त्री आचार्य

images
  • जनप्रतिनिधिले तलव पाउने सिस्टममा पुनरावलोकन गरौँ : मुख्यमन्त्री आचार्य
    images
    images

    मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू खर्च कटौती गर्नेगरी भावी योजना निर्माण गरिनुपर्ने बताएका छन ।  उच्चस्तरीय आर्थिक सुधार सुझाव आयाेगले लुम्बिनी प्रदेशमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले चालू खर्च कटौती गर्नेगरी दिर्घकालिन याेजना अघि सार्नुपर्ने सुझाव दिएका हुन । 

    images
    images
    images

    आयाेजनाकाे नाममा खाेलिने छुट्टै कार्यालयले चालू खर्च बढाएकाे, वर्गीय रुपमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न पुनरावलोकन गर्न सकिने, राजनीतिक रुपमा निर्वाचित जनप्रतिनिधिहरुले पाउदै आएकाे तलवी सेवा सुविधामा समेत पुनरावलोकन गर्न मुख्यमन्त्रीको सुझाव   ।

    images
    images
    images

    `चालू खर्च घटाउन निर्मम बन्नुपर्ने बेला आएकाे छ । आयाेजना सञ्चालन गर्ने नाममा छुट्टै कार्यालय सञ्चालन गरेर चालू खर्च बढ्छ । त्याे कार्यालय आवश्यक पर्दैन । जुन कार्यालयबाट काम अघि बढ्छ । त्यहीँबाट कार्यसम्पादन हुनुपर्छ´ उनले भने-`प्रशासनिक खर्च घटाउन जरुरी छ । सेवा प्रवाहलाई डिजिटल प्रविधिसंग जाेडिदा प्रशासनिक क्षेत्रमा हुने खर्च कटौती हुन्छ । अब जनशक्तिमा पनि पुनरावलोकन हुनुपर्छ भन्ने लाग्छ ।´ 

    images
    images
    images

     त्यस्तै मुख्यमन्त्री आचार्यले प्रदेशकाे आन्तरिक स्राेतकाे पहिचान गरिएको र राजश्वकाे दायरा फराकिलो बनाउनेगरी भूमिका बढाइएको जानकारी दिए । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, सचिव, प्रदेश याेजना आयाेगमा पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे ।

    कार्यक्रम उच्चस्तरीय सुझाव आयाेगका सदस्य डा. विश्वास गाैचनकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।