Logo

२०८३, आश्विन ९गते


images
images

तीन जिल्ला समेटेर बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किट बनाउँछौं : मुख्यमन्त्री आचार्य

तीन जिल्ला समेटेर बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किट बनाउँछौं : मुख्यमन्त्री आचार्य

images
  • तीन जिल्ला समेटेर बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किट बनाउँछौं : मुख्यमन्त्री आचार्य
    images
    images

    देवदह । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको अवधारणा अघि सारेका छन् । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताए । 

    images
    images
    images

    ‘प्रदेश सरकारले बृहत्तर लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिनेछ ।’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउँछ । तिलौराकोट देखी नवलपरासीको रामग्राम सम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ ।’ 

    images
    images
    images

    पर्यटकीय स्थलहरुलाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेगरी अघि बढाउन आवश्यक रहेको बताउदै मुख्यमन्त्रि आचार्यले पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामग्रीको प्रयोग गरेर कलात्मक आकृती दिनुपर्ने सुझाब दिए । ‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । उनले भने, ‘अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरुमा कंक्रिट मोह बढ्दै गएका छन् ।’ 

    images
    images
    images

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण देखी कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको जानकारी दिए । ‘बर्दियमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरेको बताउदै अव देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तिब्र पार्न उनले आह्वान गरे । 


    बुद्ध सामुदायिक वन उपभोक्ता समुहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्नेउद्देश्यले काठबाट विभिन्न आकृती निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले चार हजार ९ सय ९३ उपभोक्ता रहेका छन् । समुहका सचिव सन्तोष भट्टराईको सञ्चालन र टेकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले पार्कसंग सम्बन्धित विषयवस्तु समेटिएको स्मारिका समेत विमोचन गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।