Logo

२०८३, आश्विन ९गते


images
images

सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

images
  • सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका छन । सूचनाकाे हक राष्ट्रिय महासंघकाे आयाेजनामा दाङकाे लमहीमा सुरु भएको सूचनाकाे हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाकाे हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरु पारदर्शी हुने स्पष्ट पारेका छन।

    images
    images
    images

    `सरकार खुला किताब बनेर अघि बढ्छ । ढुक्क हुनुस, सरकारले गर्ने हरेक काम पारदर्शी हुन्छन्´उनले भने-`सुशासन कायम भएमा भष्ट्राचार घट्दै जान्छ । याे दिशामा सरकारले आफ्नाे काम अघि बढाएकाे छ । समाज रुपान्तरण गर्न, बेथिति सुधार गर्न, सुशासन कायम गर्न सूचनाकाे हक कार्यान्वयन जरुरी छ ।´प्रदेश सरकारले कर्मचारी तहमा १४ बुदे निर्देशन जारी गरेर सूचना अधिकारी अनिवार्य ताेक्ने, तस्बिर सहित फाेन नम्बर राख्न, वेवसाइडमा पनि सुचना राख्न भनिसकेकाे मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

    images
    images
    images

    यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका कार्यालयले सूचना दिन आनकानी गरे सिधै मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।`सूचना प्राप्त गर्न सक्नु भएन भने सिधै  मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी संग सम्पर्क गर्नुस´उनले भने-`सूचनामा सबैकाे समान पहुँच पुर्‍याउन हामी जिम्मेवार छाैं ।´  

    images
    images
    images

    सूचनाको हकको प्रभावकारी प्रयोगले पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण गर्न  राज्यका विभिन्न संरचनामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँने भनाइ उनकाे छ ।`सरकार नागरिक प्रति उत्तरदायि छ । संवैधानिक र कानुनी रूपमा प्राप्त नागरिकको यो अधिकारलाई जति धेरै प्रयोगमा ल्याउन सकिन्छ, त्यति नै राज्य  तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउछ´उनले भने- सूचनाको हकसम्बन्धी कानुन मात्र यस्तो कानुन हो, जसले सुशासनलाई जरैदेखि बलियो बनाउन मद्दत गर्छ ।´

    लुम्बिनी प्रदेश सरकार सूचनाको हक कार्यान्वयन गर्न प्रतिबद्ध रहेकाे जानकारी दिदै उनले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागी पाँच बर्षे रणनीतिक योजनामा पनि सूचनाको हक कार्यान्वयनलाई प्राथमिकितामा राखेकाे बताए ।

    सूचनाकाे हक राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमिद बाग्चनले सूचनाकाे हक कार्यान्वयनले राज्य संग नागरिकलाई नजिक बनाउने भएकाले यसकाे पूर्ण कार्यान्वयनमा जाेड दिए। उनले सुशासन कायम गर्दै भष्ट्राचार निवारण गर्न सूचनाकाे हक प्रयाेगले टेवा पुर्‍याउने बताए । सरकारले हरेक तीन/तीन महिनामा स्वत: प्रकाशन गर्ने सूचना प्रकाशनमा जाेड दिए ।

    लुम्बिनी प्रदेशका संस्थापक प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सूचनाकाे हककाे पूर्ण कार्यान्वयनले सबै पक्षलाई जिम्मेवार बनाउने बताए । लमही नगरपालिकाका प्रमुख जाेगराज चाैधरीले सही र सत्य सूचना संप्रेषणमा ध्यान दिनुपर्ने बताए ।

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यले सूचना नदिने प्रवृत्ति बढिरहेकाे भन्दै ध्यानाकर्षण गराइन । सूचनाकाे हक राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ब्रिजराज कुश्वाहले सुचनाकाे हक कार्यान्वन गर्न तीन तहका सरकार जिम्मेवार हुनुपर्ने बताइन । सूचनाकाे हक राष्ट्रिय महासंघ लुम्बिनीका संयाेजक हेमन्त कर्मचार्यकाे स्वागत मन्तव्यबाट सुरु भएको शिविरकाे सहजिकरण बरिस्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले गरेका थिए । शिबिरमा लुम्बिनी प्रदेशका सबै जिल्लाका सूचनाकाे हक अभियान्ताहरुकाे सहभागीता रहेको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।