गलकोट । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
शवको यकिन पहिचान भइ नसकेको भएपनि हुलियाको आधारमा बुटवलबाट हराएका एकका परिवारले आफ्नो मान्छे हुन सक्ने भन्दै उक्त परिवार बाग्लुङ तर्फ जाँदै गरेको बुर्तिबाङ्गबाट पत्रकार छविलाल पाण्डेले जानकारी गराएका छन ।
अन्दाजी छ दिन अघिको शव हुन सक्ने अनुमान सहित शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology