२० जेठ बागलुङ - बाग्लुङको ढोरपाटन नगरपालिका बाट दुइजना युबालाइ प्रहरीले पक्राउ गरेको छ । लागू औषध र भरुवा बन्दुक सहित ती दुई जनालाई पक्राउ गरिएको हो ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा स्थानिय दुई जनाले घरमा लुकाइराखेको करिब दुई किलो २०० ग्राम जति चरेस जस्तो देखिने पदार्थ, ७ किलो जति गांजा र एकथान भरुवा बदुक सहित स्थानिय ढोरपाटन ४ भांगिका ४१ बर्षीय डम्बर बहादुर पुन र ३५ बर्षीय जित बहादुर पुनलाइ पक्राउ गरेको हो ।
थप अनुसन्धानको लागि उनिहरुलाइ जिल्ला प्रहरी कार्यालय बाग्लुङ लगिसकिएको छ र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनिहरुलाइ हातहतियार तथा लागु औषध सम्बन्धी मुद्दा चलाइएको पनि प्रहरीले बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology