Logo

२०८३, श्रावण २७गते


images
images

गुरुङ समुदायको पर्वहरु -२ : माँङी त्हीं (मातृ स्मरण दिवस)

गुरुङ समुदायको पर्वहरु -२ : माँङी त्हीं (मातृ स्मरण दिवस)

images
  • सेतोमसी सहकर्मी
  • गुरुङ समुदायको पर्वहरु -२ : माँङी त्हीं (मातृ स्मरण दिवस)
    images
    images

    हिमाली मूल आदिवासी गुरुङहरुको मुख्य छ वटा पर्वहरु रहेका छन् । त्यस मध्ये पहिलो ल्होसार (गुरुङहरुको नयाँ बर्ष), दोश्रो माङी त्हीं (सात माताहरुको उत्पत्ति एवम् पारिवारिक सम्बन्ध कायम भएको दिन) क्रमशः तेश्रो में त्हलेंत्हिं(धनुषविद्या पर्व), फुताँसो त्हिँ (विधानसभा अर्थात् विधान दिवस पर्व), खेकु त्हें (नौ महागुरुहरुको उत्पत्ति दिवस) अर्थात् गुरुपूजा र ह्यूला च्युपा त्हीं (नयाँ मुलुक स्थापना दिवस) छन् । यी पर्वहरुमध्ये त कतिपय प्रायः लोप हुनै लागेको अवस्थामा पुगिसकेको छ भने कतिपय थाहा हुँदाहुँदै पनि बेवास्ता भइरहेका छन् । यहाँ उक्त छ मुख्य पर्वहरु कुन समयमा कसरी मनाइन्छ भन्ने बारेमा संक्षिप्त रुपमा चर्चा गरिएको छ । यसको अतिरिक्त ट्होंटे, स्योरी त्हीं, घरपरिवारको रक्षा तथा ग्रह शान्तिको लागि चैत महिनामा गरिने त्हें, हिउदें बाली रक्षा गर्ने त्हें, वर्षे बाली रक्षा गर्ने त्हें आदि पनि गुरुङ समुदायका मुख्य पर्वहरु हुन् । यिनै पर्वहरुको संक्षिप्त परिचय दिने काम यस लेखको रहेको छ । 

    images
    images
    images

    माँङी त्हीं (मातृ स्मरण दिवस)

    images
    images
    images

    माँङी त्हीं गुरुङहरुको दोस्रो ठूलो (यहाँ दोस्रो भन्नाले समय क्रम अनुसार लिइएको छ) महान पर्व हो । माँ ‘आमा’ र ङी ‘सात’ अर्थात् माँङी पर्व विक्रम् सम्वत् अनुसार माघे औंसीको दिनमा पर्दछ । माँङी पर्व महिलाहरुले आफ्नै सक्रियतामा धुमधामसँग मनाउने व्यवस्था गर्दछन् । माँङी त्हीं को खास अर्थ सातवटा कन्या उत्पन्न भएको दिन र सोही दिन पुरुषहरुसंग प्रथम भेट भई दाजुभाइ, दिदीबहिनी तथा कुटुम्बरी सम्बन्ध गरेको दिन मानिन्छ ।

    images
    images
    images

    माँङी त्हीं मनाउनु भन्दा चार दिन अगाडि देखि (एकादशी देखि चतुर्दशी सम्म) दाजुभाईले दिदीबहिनी बोलाएर खुवाउने पिलाउने वा दिदीबहिनीहरुले पनि दाजुभाईहरुलाई बोलाएर खुवाउने पिलाउने गर्दछन् । दाजुभाई, दिदीबहिनी बीच एक आपसमा दीर्घायूको कामना गर्दछन् । अन्तिम दिन अर्थात् पाँचौ दिन (माघे औंसीको दिन) सम्पूर्ण (दाजुभाइ, दिदीबहिनी) गुरुङहरु क्होईबो (गुम्बा) मा जम्मा भई सामूहिक रुपमा माँङी त्हीं मनाउँदछन् ।

    बिहानै माँङी (सात कन्या) को पूजा अर्चना गरी आफ्ना दाजुभाइबिच रुपा स्याई स्याई गरी दिदीबहिनीमा पनि रुपा स्याई स्याई गरेर पुजा सम्पन्न गर्दछन् रदिउँसो माँङी सम्बन्धी प्रवचन गर्दछन् । सो दिन महिलाहरुले विशेष व्यञ्जन तयार पारी आफ्ना दाजुभाइलाई खुलाउने पिलाउने गर्दछन् र साँझ परेपछि दीपावली गरी रातभरि मीठा–मीठा व्यञ्जनका साथ अति रमणीय वातावरणमा रात बिताइ भोलिपल्ट परम्परागत मान्यताअनुसार दाजुभाई, दिदीबहिनीहरुको बिदाई हुन्छ र माँङी पर्व पनि त्यस बर्षका लागि सकिन्छ । ल्होसार सम्पूर्ण गुरुङहरुको नयाँ बर्षको रुपमा हो भने माँङी गुरुङहरुका लागि एउटा महत्वपूर्ण दिन र गुरुङको पवित्र पर्व हो । उदाहरणको लागि हिन्दुहरुले तीज र तिहार पर्व मनाउँछन्, त्यस्तै गुरुङहरुको माँङी त्हींं हो । हाम्रा माँङीहरु यस प्रकार हुनुहुन्छ । यसको राज्य व्यवस्था निम्न अनुसार जिम्मेवारी दिइएको पनि छ ।

    १)कुफिमाँ फि आने राज्य व्यवस्था जेठी छोरी
    २)कुफिमाँ फिच्योँ राज्य व्यवस्था कान्छी छोरी
    ३)कुफिमाँ ल्हें फि शिक्षा (वेद शास्त्र) व्यवस्था
    ४)कुिफमाँ विसोंफि स्वास्थ्य (औषधी÷आयुर्वेद शास्त्र÷तन्त्र, मन्त्र, यन्त्र विज्ञान) व्यवस्था
    ५)कुफिमाँ ह्यों फि आने अर्थ (धनसम्पत्ति) व्यवस्था जेठी छोरी
    ६)कुफिमाँह्यों फिच्यों अर्थ (धनसम्पत्ति) व्यवस्था कान्छी छोरी
    ७)कुफिमाँ क्हो फि  रक्षा (सेना, प्रहरी, शशस्त्र शक्ति) व्यवस्था 
     
    उपरोक्त सात माँ (आमा) हरुको स्मरणमा मा माँङी त्हीं (माँङी पर्व) मनाउँदछौं । उपरोक्त माँङी (सात माताहरु) लाई नौ महागुरुहरुले उत्पन्न गराईसके पछि विभिन्न न्हींज हुने गरी पाँच न्हींज (खस कुरामा कुल भने जस्तै) मा विभाजित गरी राखि दिनु भयो । क्ह्याल कुलमा २ जना, ल्हेरे कुलमा १ जना, विसों कुलमा १ जना, ह्योंं कुलमा २ जना र क्हो कुलमा १ जना गरी ५ कुलमा ७ माताहरुलाई राखि दिनु भै दाजु बहिनी र कुटुम्भ विवाहवारीको लागि सजिलो बाटो बनाई दिनुभयो । तिनै महान नारी (सात आमा) हरुको कोखबाट हिमालको काखबाट उत्पन्न गुरुङ जाति हामी हौं । महान सात आमाहरुको स्मरणमा बार्षिक पुजा प्रार्थनाको रुपमा माँङी त्हीं (माँङी पर्व) मनाउँछौ जुन हाम्रो मातृ स्मृति दिन हो ।

    यस सन्दर्भमा संक्षिप्तमा भन्नुपर्दा माङी त्हीं हरेक बर्षको माघे औंसीको तिथिमा पर्दछ । तमुहरुका पवित्र महाग्रन्थ केर्लोको अनुसार नौ महागुरुहरुले जसरी सफुंति क्याल्सा, ङहारु ल्यूल्सामा बाह्र गुरु खेहरुको सृष्टि गरे त्यसै गरी सोही ठाउँमा तिनै नौ महागुरुहरुले संसारमा सृष्टि रचनाको लागि माङी (सात कन्या) हरुको पनि उत्पन्न गराएका थिए । जब बाह बौद्धहरु ड्यूई त्हले म्यें ज्योंम (धनुष विद्या) पूरा गरि आफ्नो ट्हों गाउँ फर्के तब त्यसै स्थानमा माङींहरुलाई देखे । तिनीहरुलाई देखेर बाह्रगुरु खेहरु आश्चर्य चकित भए । किनभने उनीहरुले यस भन्दा अगाडि माङीहरु कहिल्यै देखेका थिएनन्, अनि सोधे, ‘तिमीहरु को हौं ? कहाँबाट आयौं ? कसरी आयौं ? किन आयौ?’ अनि माडीहरुले उत्तर दिए, ‘हामी माङी हौं’ जसरी तिमीहरुलाई नौ महागुरुले उत्पन्न गराए त्यसरी नै हामीलाई पनि नौ महागुरुहरुले नै यहीं उत्पन्न गराएका हुन् । अब संसारमा सृष्टि रचनाको लागि हामीहरुलाई अभिभारा सुम्पिएको छ र हामी सबै मिली सुन्दर संसार निर्माण गर्नु छ ।’ यसरी नौ महागुरुहरुले सृष्टि गराएको बाह्रगुरु खे र माङीहरुको सन्तानहरु हामी तमुहरु हौ र पवित्र महाग्रन्थ अनुसार माङीहरु उत्पन्न भएको दिन र बाह्रगुरुखेहरुसँग भेट गराएको दिन पनि माघे औंसीको तिथि परेको हुँदा हरेक बर्षको माघे औंसीको दिन समस्त तमुहरुले “माङी त्हीं” धुमधामसँग मनाउँदछन् । यो पर्वको आयोजना महिलाहरुकै सक्रियतामा गरिन्छ । यो तमुहरुको महान पर्वहरु मध्ये एक पर्व हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ढोरपाटन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।