Logo

२०८३, श्रावण २७गते


images
images

बाग्लुङ : तिहार मेलामा भलिबल प्रतियोगिता, नगद देखि खसी, बोकासम्म पुरस्कार 

बाग्लुङ : तिहार मेलामा भलिबल प्रतियोगिता, नगद देखि खसी, बोकासम्म पुरस्कार 

images
  • सेतोमसी सहकर्मी
  • बाग्लुङ : तिहार मेलामा भलिबल प्रतियोगिता, नगद देखि खसी, बोकासम्म पुरस्कार 
    images
    images

    लाेक प्रसाद छन्त्याल, बाग्लुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा  तिहार विशेष मेला सञ्चालन हुने भएको छ । कार्तिक २० गते देखि उक्त मेला हुन लागेको हो । 

    images
    images
    images

    जिल्लाको निसिखोला गाउँपालिका वडा नम्बर २ मा रहेको सनराइज युवा क्लबले आगामी कार्तिक २० गते देखि वडा स्तरीय पुरुष तथा महिला भलिबल लगायत दर्जनौँ कार्यक्रम सञ्चालन गर्ने आयोजक सनराइज युवा क्लबका कोषाध्यक्ष चिना घर्तीले जानकारी दिईन् ।

    images
    images
    images


    कोषाध्यक्ष घर्तीका अनुसार वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेले ६१ हजार कप, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले  ४१ हजार कप, मेडल र प्रमाणपत्र र तृतीय हुनेले २१ हजार कप मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उक्त खेलको दर्ता शुल्क  ६ हजार राखिएको छ। 

    images
    images
    images

    त्यस्तै वडा स्तरीय महिला भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम २५ हजार कप, मेडल र प्रमाणपत्र, द्वितीय  १५ हजार कप, मेडल र प्रमाणपत्र र तृतीय  ८ हजार कप, मेडल र प्रमाणपत्र हात पार्ने र उक्त महिला भलिबलको दर्ता शुल्क २ हजार ५ सय राखिएको बताइएको छ।


    त्यसै गरी ३५ वर्ष माथीको वडा स्तरीय मैत्रीपुर्ण भलिबल पनि सञ्चालन हुने भएको छ। उक्त खेलको पुरस्कार भने प्रथम हुनेले खसी र द्वितीय हुनेले बोका हात पार्ने छन् भने दर्ता शुल्क रु. २ हजाए राखिएको आयोजकले जानकारी दिएको छ। 

    आयोजकको अनुसार मेलाको अवसरमा राष्ट्रिय स्तरका चर्चित कलाकार र स्थानीय कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाग्लुङ
  • # तिहार
  • # मेला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।