Logo

२०८३, श्रावण २७गते


images
images

स्वस्थ जीवन

तिहार र मिठाइका परिकार

तिहार र मिठाइका परिकार

images
  • तिहार र मिठाइका परिकार
    images
    images

    तिहार उज्यालो, प्रेम र सौहार्दताको प्रतीकको चार्ड हो । काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो पर्वलाई यमपञ्चक, दीपावली वा भाइटीका पनि भनिन्छ । काग, कुकुर, गाई, गोवर्धन र अन्त्यमा भाइटीका । यी पाँच दिनले जीवनका सबै रूपप्रति आभार प्रकट गर्छन् ।

    images
    images
    images

    तिहारको आगमनसँगै घर–घरमा रङ्गोली बनाउने, दियो बाल्ने, मिठाई र रोटिको मीठो बास्नाले घर र आँगनभरि रमाइलो र सुगन्धित वातावरण सृजना गरेको हुन्छ । तिहारको आगमनसँगै शहरदेखि गाउँसम्म उत्साह र उमंग फैलिन्छ । बच्चादेखि वृद्धसम्म सबैको अनुहारमा खुशी झल्किन्छ । त्यो खुशीको क्षणलाई मिठाईको परिकारले झनै स्वादिष्ट बनाउँछ ।

    images
    images
    images

    तिहारमा मिठाई केवल खाने कुरा मात्र होइन, यो खुशी बाँड्ने माध्यम हो । छिमेकी मुलुक भारतमा त झन दिपावलीको अवसर पारेर घरघरमा मिठाइका डब्बा बाँड्दै खुसी साट्ने परम्परा छ ।

    images
    images
    images

    लक्ष्मी पूजामा देवतालाई मिठाई अर्पण गर्ने, देउसी भैलोमा पाहुनालाई मिठाई खुवाउने, र भाइटीकामा दिदी बहिनीले दाजुभाइको मुख मिठ्याउने परम्पराले मिठाईलाई तिहारको आत्मा बनाएको हुन्छ । मिठाईले सम्बन्धलाई जोड्छ, माया बढाउँछ र पर्वको माहोललाई झनै उत्साहपूर्ण बनाउँछ । नेपालमा मिठाईलाई “मिष्ठान्न” पनि भनिन्छ । जसको अर्थ नै “मिठासले भरिएको वस्तु” भन्ने हुन्छ । यही मिठासले चाडपर्वमा परिवार, छिमेकी र समाजलाई एकतामा बाँध्ने काम गर्छ । 

    घरमा बनाइने मिठाईका परिकार स्वथ्यकर 

    तिहारको बेलामा बजारका रेडिमेड मिठाई भन्दा घरका स्वादिला परिकार सेल, अर्सा, अनरसा, फिनी, खजुरी, झिलिङ्गा, पुरी आदि रोटिको आकर्षण बेग्लै हुन्छ । प्रायः नेपाली घरमा पाक्ने यी मिठाईहरूको ठुलो महत्व रहेको छ । यी मिठाईहरू स्वाद मात्रै नभएर हाम्रो संस्कृति पनि हुन् । सेल रोटीको सुगन्धले घरभित्र मात्रै होइन, गाउँभरि तिहार आएको अनुभूति गराउँछ । 

    तिहार मिठाई, मिठो बोली र व्यवहारको प्रतीक पनि हो । जसरी हामी मिठाई बाँड्छौं, त्यसरी नै मिठासपूर्ण सम्बन्ध बाँड्नुपर्छ भन्ने सन्देश यो पर्वले दिनेगर्छ । जसले दिदी भाइबीचको स्नेह, परिवारको एकता, र समाजको सद्भाव सबै मिठाईको साथमा झल्किन्छ । मिठाईले सिकाउँछ - जीवनमा मिठास राख्दा सम्बन्ध लामो टिक्छ, वाणी मधुर हुँदा हृदय नजिकिन्छ ।

    मिठाईले आर्थिक चहलपहल बढाउँछ 

    तिहारले बजारमा उल्लेखनीय आर्थिक चहलपहल पनि ल्याउँछ । मिठाई पसलहरूमा भीड बढ्छ, स्थानीय व्यवसाय फस्टाउँछ, र रोजगारका अवसरहरूमा बृद्धि हुन्छ । विभिन्न महिला समूहहरूले तिहारअघि घरमै मिठाई झिलिङ्गा र विभिन्न प्रकारका रोटी बनाएर बिक्री गर्छन् । जसले महिलाको आत्मनिर्भरता र उद्यमशीलता समेत बढाउने भएकाले तिहारलाई मिठाईको मात्र नभई आर्थिक सम्भावनाको पर्व पनि मान्न सकिन्छ ।

    मिठाई धेरै घ्यू, चिनी र मैदामा बन्ने भएकाले यसको सेवन सन्तुलित हुन जरुरी छ । आजकाल स्वास्थ्यप्रेमीहरूले सुगर–फ्री मिठाई, ड्राईफ्रुट बर्फी वा गुडमा आधारित परिकार रोज्ने गर्छन् । घरमा प्राकृतिक सामग्री प्रयोग गरेर मिठाई बनाउँदा त्यो स्वादिलो मात्र होइन, स्वस्थकर पनि हुन्छ । स्वास्थ्य र परम्परा बीच सन्तुलन राख्दै मिठाईको आनन्द लिएर चाड मनाउनु  बुद्धिमानी हुन्छ । मिठाईमा प्रयोग गरिने सबै प्रकारका रङ्ग स्वास्थ्यका लागि हानिकारक नै हुन्छन् भन्ने होइन । तर आवश्यकताभन्दा बढी प्रयोग गरिएको रहेछ भने त्यसले स्वास्थ्यलाई धेरै नै असर गर्ने हुन्छ ।

    तेलको पुनः प्रयोग स्वास्थ्यको लागि हानिकारक 

    तिहारका लागि भनेर बनाइने हरेक विशेष खानेकुराहरू तेल बिना नबन्ने र तेलको प्रयोग कसरी गरिन्छ भन्नेमा आम सर्वसाधारणले विशेष ध्यान दिनु जरुरी छ । अधिकांशले तिहारका लागि बनाउने खानेकुरा तेलमा पकाउँछन् । विभिन्न समयमा अनुगमनका बेला तेलको अत्यधिक मात्रामा पुनःप्रयोग गर्ने गरेको पनि पाइन्छ । स्वास्थ्यका लागि सबैभन्दा हानिकारक त्यही तेल हुन्छ । एकपटक प्रयोग गरिसकेको तेल बाँकी रहेको खण्डमा चिसो भइसकेपछि पुनः प्रयोग गर्दा त्यो स्वास्थ्यका लागि निकै हानिकारक हुने विज्ञहरु बताउँछन् । तेल महँगो छ र पकाएको तेल त हो नि भनेर कतिपयले पुनः प्रयोग गर्ने गरेको पाइन्छ । त्यो असाध्यै हानिकारक हुन्छ । एकपटक चिसो भइसकेपछि फेरि पकाउनुको सट्टा त्यस्तो तेललाई तिहारमा दियो बाल्न प्रयोग गर्न सकिन्छ ।

    आजको पुस्ताले परम्परागत मिठाईसँगै आधुनिक परिकार पनि मन पराउँछन । तिहारमा सेल रोटी सँगै मासुका विभिन्न परिकार फलफूल चकलेट र ड्राइफुड पनि समावेश गरेको देखिन्छ । यो मिश्रणले देखाउँछ कि समयसँगै संस्कृतिको रूप फेरिए पनि मूल मिठास कहिल्यै हराउँदैन । आधुनिक स्वाद र परम्परागत भावना मिलेर तिहार अझ रंगीन र समृद्ध बनेको हुन्छ । मिठाई बाँड्दा वर्ग, धर्म वा उमेरको भेद रहँदैन भन्ने कुरा यो पर्वले हामीलाई सिकाउँछ ।
    खुशी बाँड्दा बढ्छ,  प्रेम बाँड्दा सम्बन्ध गहिरिन्छ, मिठाई बाँड्दा समाज एकतामा बाँधिन्छ । मिठाई किन्दा प्याकेटको हो भने कहिलेसम्म प्रयोग गर्न हुने हो त्यो ख्याल गर्नुपर्छ । त्यसबाहेक कुनै पनि रङ्गिन वा रंग हालेर बनाइएको मिठाई प्रयोग नगर्दा स्वास्थ्यको हिसावले राम्रो हुन्छ । 

    तिहारलाई सद्भावको उत्सव बनाऔं 

    तिहार केवल दियो बाल्ने पर्व मात्र होइन, मनको अँध्यारो हटाउने उत्सव पनि हो । मिठाई त्यस उत्सवको स्वाद हो, जसले सम्बन्ध, संस्कार र सद्भावलाई उज्यालो बनाउँछ । जब हामी मिठाई बाँड्छौं, हामी केवल परिकार होइन, प्रेम र सद्भाव बाँडिरहेका हुन्छौं । तिहार दियोसँगै मन पनि उज्यालो बनाऔँ । मिठाईसँगै माया बाँडौँ र नेपालीपनको मिठास सधैं जोगाऔँ । बजारमा पाइने खुल्ला मिठाइ सकेसम्म प्रयोग नगरौं । सकेसम्म सात्विक र सरल तरिकाले तिहार मनाऔ । हेक्का रहोस् स्वस्थ जीवन जिउनु भन्दा ठुलो, चाड अवश्य होइन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिहार
  • # स्वस्थ जीवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।