Logo

२०८३, श्रावण २७गते


images
images

स्वस्थ जीवन

बहुउपयोगी वनस्पति सित्तलचिनी

बहुउपयोगी वनस्पति सित्तलचिनी

images
  • बहुउपयोगी वनस्पति सित्तलचिनी
    images
    images

    सित्तलचिनी (मोरिङ्गा) हाम्रो वरिपरि पाइने अत्यन्तै उपयोगी र पोषिलो वनस्पति हो । यसको पात, फल, फूल र कहिलेकाहीँ जरा समेत अत्यन्त उपयोगी मानिन्छ । नेपाली समाजमा विशेषगरी यसको फल तरकारी अचार र सुपको रूपमा प्रयोग गरिन्छ, जसले स्वादसँगै स्वास्थ्य लाभ पनि दिन्छ ।

    images
    images
    images

    प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ र एन्टिअक्सिडेन्ट पाइने भएकाले यसलाई प्राकृतिक औषधि जस्तै मानिन्छ । विभिन्न किसिमका रोगका बिरामीलाई औषधिका रुपमा प्रयोग गरिन्छ । कमजोरी, सर्दी, खोकी, घाँटी तथा छातिको समस्यामा यो अचुक औषधि मानिन्छ । यसको पातलाई साग र चटनीको रुपमा प्रयोग गर्न सकिन्छ ।

    images
    images
    images

    सित्तल चिनी तरकारी बनाएर वा उसिनेर खानको लागि पनि प्रयोग गर्न सकिन्छ । पानीमा उमालेर त्यसलाई पिउनु पनि निकै फाइदाजनक हुन्छ । श्वासप्रश्वासका समस्या भएका बिरामीलाई पनि यो उपयुक्त हुन्छ । सित्तलचिनीको सुप स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ । त्यस्तै केरोलिन, प्रोटिनसहित थुप्रै पौष्टिक तत्वहरु पनि यसमा हुन्छन् । म्याग्नेसियम, पोटासियम र फाइबर पनि अत्याधिक हुन्छ ।
    सित्तलचिनीको सबैभन्दा ठूलो फाइदा भनेको यसको पोषणयुक्त गुण हो । यसको पातमा भिटामिन ए, सि, क्याल्सियम, आइरन र प्रोटिन भरपूर  मात्रामा पाइन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । नियमित रूपमा यसको सेवन गर्दा सामान्य रुघाखोकी, ज्वरो, कमजोरी जस्ता समस्या कम हुन्छ । बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाका लागि यसको पात, फल  र फूल विशेष लाभदायक मानिन्छ, किनभने यसले शरीरलाई आवश्यक पोषक तत्व पूर्ति गर्न सहयोग पुर्‍याउँछ ।

    images
    images
    images

    यसको अर्को महत्वपूर्ण फाइदा पाचन प्रणालीसँग सम्बन्धित छ । सित्तलचिनीको फलमा फाइबरको मात्रा उच्च हुने भएकाले यसले पाचनलाई सहज बनाउँछ । कब्जियत, ग्यास, अपचजस्ता समस्यामा यसको सेवनले राहत दिन्छ । साथै, यसले पेट सफा राख्न र आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ । नियमित सेवनले शरीर हलुका र ऊर्जावान महसुस गराउँछ ।

    सित्तलचिनीले मुटु र रक्तचापमा पनि सकारात्मक प्रभाव पार्छ । यसमा पाइने तत्वहरूले खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । सित्तलचिनीले रक्तचाप नियन्त्रणमा ठुलो सहयोग पुर्‍याउँछ, जसले गर्दा मुटुसम्बन्धी रोगको जोखिम कम हुन सक्छ । त्यस्तै, यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरभित्रका हानिकारक तत्व हटाउन मद्दत गर्छ, जसले छाला स्वस्थ र चम्किलो बनाउन पनि सहयोग पु‍र्याउँछ ।
    यसका साथै, सित्तलचिनीले कलेजो (ष्खिभच) को कार्यक्षमता सुधार गर्न र शरीरलाई डिटक्स गर्न पनि मद्दत गर्छ । गर्मी मौसममा यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्छ । जसका कारण यसलाई “सित्तलचिनी” भनिएको हुन सक्छ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग पुर्‍याउँछ ।

    छिप्पिएको सित्तलचिनीलाई दालमा मिसाएर कुकरमा सिटी लगाएर खान सकिन्छ । त्यस्तै फूललाई उसिनेर अचार बनाएर खान सकिन्छ भने फललाई पनि अचारको रुपमा प्रयोग गर्दा असाध्यै स्वादिष्ट परिकार बन्छ ।

    यति धेरै फाइदाका बावजुद सित्तलचिनीका केही बेफाइदा वा सावधानीका पक्षहरू पनि छन् । अत्यधिक मात्रामा सित्तलचिनी सेवन गर्दा पेट दुख्ने, झाडापखाला लाग्ने वा अपच हुने समस्या देखिन सक्छ । विशेषगरी यसको जरा र बोक्रामा केही हानिकारक तत्व हुन सक्ने भएकाले बिना जानकारी प्रयोग गर्नु हुँदैन ।

    सामान्यतया, हामीले खाने सित्तलचिनीका फल र पात सुरक्षित मानिन्छन्, तर पनि मात्रा सन्तुलित हुनुपर्छ । यसको सेवनमा गर्भवती महिलाले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ । अत्यधिक मात्रामा सित्तलचिनीको सेवन गर्दा गर्भमा असर पर्न सक्ने सम्भावना हुन्छ भन्ने केही अध्ययनहरूले देखाएका छन् । त्यसैले चिकित्सकको सल्लाह बिना यसको औषधीय प्रयोग गर्नु उपयुक्त हुँदैन । साथै, स्तनपान गराइरहेका महिलाले पनि सन्तुलित मात्रामा मात्र सेवन गर्नु राम्रो हुन्छ । कतिपय व्यक्तिमा एलर्जी वा शरीरले नस्वीकार्ने समस्या पनि हुन सक्छ । पहिलोपटक सेवन गर्दा सानो मात्राबाट सुरु गर्नु राम्रो हुन्छ । यदि छाला चिलाउने, पेट गडबड हुने वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त प्रयोग बन्द गरेर स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।
    अहिलेको परिवेशमा नेपालीहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुँदै सकेसम्म अर्गानिक खानामा जोड दिँदै गरेको अवस्था विकसित हुँदै गैरहेको परिप्रेक्ष्यमा सित्तलचिनी एउटा राम्रो उदाहरण बनेको छ । तथापि स्वास्थ्यप्रति अझै जनचेतनाको कमी पनि नभएको होइन ।

    अन्ततः, सित्तलचिनी अत्यन्तै लाभदायक र पोषक तत्व युक्त वनस्पति हो, जसको उपयुक्त प्रयोगले हाम्रो स्वास्थ्य सुधार गर्न ठूलो भूमिका खेल्न सक्छ । तर यसको सही मात्रा र तरिकाले प्रयोग गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । सन्तुलित रूपमा दैनिक आहारमा समावेश गर्दा यसले शरीरलाई आवश्यक पोषण प्रदान गर्नुका साथै विभिन्न रोगबाट जोगाउन सहयोग पु‍र्याउँछ । तर प्राकृतिक बनस्पती हो, कुनै असर पर्दैन भनेर जति खाए पनि हुन्छ भन्ने धारण विकास भएका यसले स्वास्थ्यमा गम्भिर असर पुर्याउन सक्छ । आफ्नो स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शरीरले थेग्न सक्ने जति मात्रा मिलाएर खायौँ भने अवश्य पनि सित्तलचिनीको भरपूर फाइदा लिएर स्वास्थ्य लाभ लिन सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।