लाेक प्रसाद छन्त्याल, वामी । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ७ बोबाङमा भुजीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन ७ धाेवादी धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बिक बेपत्ता भएका हुन् ।
साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट बालक खसेका स्थानीयवासीले बताएका छन् । स्थानिय नमूना बाल विकास धारकोटमा अध्यननरत जीवन दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए ।
बेपत्ता बालकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।
यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन् । जैमिनी –२ ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology