२६ वैशाख, बाग्लुङ्ग । बागलुङको वडिगाड गाउँपालिका वडा नं. २ खर्बाङमा घरको छतबाट खस्दा एक जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिय रन बहादुर रानाको मृत्यु भएको हो।
स्थानीय दिपु केसीको घरमा वायरिङ गर्ने क्रममा छतबाट खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको थियो ।
गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमती सहित २ छोरा र १ छोरी रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology