सुवास आचार्य, बागलुङ । अधिकृत विक्रेता संघ धौलागिरी नेपालले संघमा आवद्ध व्यवसायी तथा कर्मचारीलाई विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।
संघले अत्यावश्यक खाद्यान्न तथा सरसरफाइका सामाग्रीहरु जिल्लाका पसलहरुमा पु¥याइरहेकोले जोखिमलाई मध्यनजर गरी कोभिडको फ्रन्ट लाईनमा रहेकाले उनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका हुन् ।
धौलागिरी विक्रेता संघका अध्यक्ष बद्री ढुंगाना, निवर्तमान अध्यक्ष कमल प्रसाद श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष प्राणनाथ गौतमले बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीलाई भेटी खोपको व्यवस्थामा आवश्यक सहजिकरण गरिदिन माग गदै ज्ञापनपत्र बुझाएका थिए ।
नेपाल सरकारको नियमानुसार उच्च जोखिममा रहेका र अत्यावश्यक सेवा उपलव्ध गराउने संघसंस्था अन्तर्गतका व्यक्तिहरुलाई पहिलो प्राथकिमतामा राखी खोप दिने नीतिअनुसार आफुहरु र आफ्ना कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप उपलव्ध हुने सहज परिस्थिति सिर्जना गरिदिन अनुरोध गरेको छ ।
संस्थामा धौलागिरी भित्रका ८० जना व्यवसायी मध्य बागलुङमा ४०, म्याग्दीमा २० र पर्वतमा २० जना अवद्ध रहेको जनाइएको छ । अधिकृत विक्रेता संघ धौलागिरी नेपालले न्यूनतम ६ जना देखि अधिकतम १५ जना सम्म कर्मचारीले सेवा दिइरहकोले जोखिलाई मध्यनजर गरी खोप व्यवस्थापन गर्न माग गरेको हो ।
ज्ञापनपत्र वुझ्दै बाग्लुङका प्रमुख जिल्ला अधिकारी कार्कीले व्यवसायीको ज्ञापनपत्र सम्वन्धीत मन्त्रालयमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology