Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी माविमा तीज गीत प्रतियोगिता

केरवानी माविमा तीज गीत प्रतियोगिता

images
  • केरवानी माविमा तीज गीत प्रतियोगिता
    images
    images

    देवदह । रूपन्देहीको देवदह ५ मा अवस्थित केरवानी माध्यमिक विद्यालयमा तीजगीत नृत्य प्रतियोगिता  सम्पन्न भएको छ ।  हरीतालीका (तीज)  २०८१ को अवसरमा प्रतियोगिता आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवालीले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा आधारभुत तह ( १-३) तर्फ कक्षा २ रिन्सु फुन्जालीको समुह, कक्षा ३ निकिता तिवारीको समूह र कक्षा १ हर्ष न्यौपानेको समूह क्रमश: प्रथम, द्दितीय र तृतीय भएको छ ।  कक्षा  ४ र ५ तर्फ निकिता गौतमको समुह, अंकिता सारुको समूह र अमृता बिकको समूह क्रमश: प्रथम, द्दितीय र तृतीय भएको छ भने कक्षा ६-१२ तर्फ रुमानी काफ्लेको समुह, मनिषा भुसालको समूह र लक्ष्मी बिकको समूह क्रमश: प्रथम, द्दितीय र तृतीय भएको विद्यालयले जनाएको छ । 
     
    प्रतियोगितामा विद्यालयका शिक्षकहरू सरोज न्यौपाने, मनिषा न्यौपाने र भगवती लम्सालले निर्णायक भुमिका निभाएका थिए । 

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा र देवदह नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार एवं देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, राष्ट्रिय कलाकार तेजु अर्याल प्रधानाध्यापक निर्मल ढुंगाना, शिक्षक यज्ञ प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।