Logo

२०८३, श्रावण २७गते


images
images

विचार

टोल विकास संस्थाको मर्म र नागरिक परिचालन

टोल विकास संस्थाको मर्म र नागरिक परिचालन

images
  • टोल विकास संस्थाको मर्म र नागरिक परिचालन
    images
    images

    नेपालमा टोल विकास संस्थाहरुको गठन र परिचालन हुन थालेको निकै समय भईसकेको छ । देशमा कायम शसस्त्र विद्रोहका कारण स्थानीय तह जनप्रतिनिधिविहिन भएको अवस्थामा बनेको टोल सुधार संस्थाको संरचना अहिले पनि विद्यमान छ । महत्वका हिसावले तत्कालिन समयमा टोल विकास संस्थाप्रतिको अपनत्व आम नागरिकमा अहिलेभन्दा बढि थियो ।

    images
    images
    images

    स्थानीय स्तरमा हुने विकास निर्माण लगायतका नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा आम नागरिकहरुको सहभागिता सुनिश्चितताका लागि यो प्रकृतिको संस्थाको परिकल्पना गरिएको हो । तत्कालिन अवस्थामा स्थानीय निकाय जनप्रतिनिधिविहिन भएकाले स्थानीय निकाय अन्तर्गत प्रत्येक वडाहरुमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत वि.सं. २०६८ सालमा ‘वडा नागरिक मञ्च’ स्थापना गरियो । नागरिक सरोकारका विषयहरुमा आम भेलाका माध्यमबाट सहभागिता सुनिश्चित गर्नेगरि सोही मञ्चबाट गतिविधि संचालन गरिएको थियो ।

    images
    images
    images

    देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसंगै मुलुकमा तीन तहको सरकार सञ्चालनमा रहेको छ । सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारप्रति नागरिकहरुको आशा र भरोसा रहेको छ । स्थानीय सरकारका विभिन्न सेवाहरु प्रदान गर्नका लागि विषयगत शाखा तथा वडा कार्यालयहरु, स्वास्थ्य संस्था लगायतका सेवाकेन्द्र स्थापना भएका छन् । स्थानीय सरकारले हाल आफ्नो अधिकार प्रयोग गरी विभिन्न कार्यहरु गर्दै आएको छ । स्थानीय निकाय मार्फत विधिवत रुपमा दर्ता, नविकरण र नियमन गर्नेगरी स्थापना भएका टोल विकास संस्था नै नागरिकको सरोकारसंग जोडिएको महत्वपुर्ण निकाय हो ।

    images
    images
    images

    टोल विकास संस्था स्थानीय सरकारमा दर्ता वा सुचीकृत भएको सामुदायिक संस्था हो । जसले टोलको समग्र विकासको निम्ति स्थानीय सरकारको मातहतमा रहेर विकास, वित्त, सेवा प्रदान र सामाजिक परिचालनका क्षेत्रमा काम गर्दछ । टोल विकास संस्थाको भुगोल निर्धारण गरी तोकिएको क्षेत्रमा बसोबास गर्ने नागरिकको सहभागितामा निर्धारित विधि र पद्धतिमा रहेर समाज परिवर्तनको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा लिन सकिन्छ ।

    मानव एक सामाजिक प्राणी हो र मानिस सभ्य समाजमा बस्न रुचाउँछ । सभ्य समाज निर्माणका लागि हरेक नागरिक जिम्मेवार हुन जरुरी छ । समाजमा बस्ने नागरिकहरुको सहभागितामा गठित संस्थागत संरचना नै वास्तवमा टोल विकास संस्था हो । टोलका हरेक गतिविधिहरुमा चासो राख्ने, टोलमा हुने विकास निर्माणका काममा सरोकार तथा खवरदारी गर्ने, टोलका समस्या समाधानका लागि प्रयास तथा पहल गर्ने, रचनात्मक कामका माध्यमबाट टोलको पहिचान स्थापित गर्ने जस्ता काम टोल सुधार समितिका हुन् । यसैगरी टोल हराभरा र सफा राख्न,  कुरीति र विसंगति विरुद्ध खवरदारी तथा सचेतना फैलाउन, स्थानीय सरकारसंग समन्वय गरी नागरिकका सवालहरूमा पैरवीजस्ता रचनात्मक क्रियाकलाप संचालन गर्नु टोल विकास संस्थाका उद्देश्य हुन् ।

    टोल विकास संस्थाको भुमिका सरकारप्रति जवाफदेही हुने गर्दछ । यो सरकारको सबैभन्दा महत्वपुर्ण र नागरिकका हरेक सरोकारसंग जोडिएको संरचना हो । स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका टोल विकास संस्थाको व्यवस्थित र लक्ष्य अनुरुप परिचालन गर्न सकेमा आम नागरिकलाई सुशासनको प्रत्याभूत गराउन सकिने देखिन्छ ।  

     स्थानीय स्तरमा रहेको दक्षता, क्षमता र श्रोतको समुचित परिचालन गरी अधिकतम उपलब्धि हासिल गर्नका लागि स्थानीय सरकारले योजनावद्ध रुपमा टोल विकास संस्थाहरुलाई जवाफदेही बनाउदै क्षमता विकास गर्दै लैजानु उपयुक्त हुने देखिन्छ । हाल देवदह नगरपालिकामा १२ वटा वडाहरु रहेकोमा ति सबै वडामा टोल विकास संस्थाहरु गठन भएका छन् । नगरपालिकाको पछिल्लो तथ्याङ्क अनुसार नगरका विभिन्न वडाहरुबाट जम्मा ५० वटा टोल विकास संस्थाहरु आधिकारीक रुपमा दर्ता भएका छन् । सवै वडाहरुमा गरी करिव १ सय २५ वटा टोल विकास संस्था रहेको दावी गरिएपनि त्यस्ता सबै संस्थाहरु दर्ता प्रकृयामा नआएको पाईन्छ । हाल देवदहमा टोल विकास संस्थाहरु गठन भएतापनि उद्देश्यअनुरुप परिचालन हुन नसकेको देखिन्छ । 

    स्थानीय स्तरमा रहेको दक्षता, क्षमता र श्रोतको समुचित परिचालन गरी अधिकतम उपलब्धि हासिल गर्नका लागि स्थानीय सरकारले योजनावद्ध रुपमा टोल विकास संस्थाहरुलाई जवाफदेही बनाउदै क्षमता विकास गर्दै लैजानु उपयुक्त हुने देखिन्छ । हाल देवदह नगरपालिकामा १२ वटा वडाहरु रहेकोमा ति सबै वडामा टोल विकास संस्थाहरु गठन भएका छन् । नगरपालिकाको पछिल्लो तथ्याङ्क अनुसार नगरका विभिन्न वडाहरुबाट जम्मा ५० वटा टोल विकास संस्थाहरु आधिकारीक रुपमा दर्ता भएका छन् । सवै वडाहरुमा गरी करिव १ सय २५ वटा टोल विकास संस्था रहेको दावी गरिएपनि त्यस्ता सबै संस्थाहरु दर्ता प्रकृयामा नआएको पाईन्छ । हाल देवदहमा टोल विकास संस्थाहरु गठन भएतापनि उद्देश्यअनुरुप परिचालन हुन नसकेको देखिन्छ ।

    टोल विकास संस्थाहरुको आफ्नै विधान निर्माण गरिएको छ तर विधानतः कामकाज हुने गरेको पाईदैन र सरकार मार्फत सञ्चालन हुने गतिविधिहरुमा समेत टोल विकास संस्थाहरुलाई सहभागी गराएको पाईदैन । टोल विकास संस्था उक्त टोलमा बसोबास गर्ने नागरिकहरुको एक संस्थागत संरचना हो र यी संस्थाहरु आफैमा रचनात्मक हुनु आजको आवश्यकता हो । टोलमा बस्ने टोलबासीका हरेक सू्चना टोल विकास संस्थासंग उपलब्ध हुने गर्दछ र हरेक सूचनाले आगामी दिनको योजना तय गर्न मदत गर्दछ ।

    समग्रमा हेर्दा राजनीतिको मुख्य मर्म भनेको हरेक नागरिकको समृद्धि नै हो । राष्ट्रको समृद्धि भनेको नागरिकको समृद्धि हो र नागरिक समृद्ध हुनु भनेको नै विकास हो । हरेक तहको सरकारले आफ्ना गतिविधि संचालन गर्दा नागरिकको हितलाई मध्यनजर गरेर गर्ने गर्दछ । स्थानीय सरकारले लिने हरेक नीतिगत निर्णयहरु नागरिकको भविष्यसँग जोडिएको हुन्छ । टोल विकास संस्था हरेक नागरिकसँग सरोकार राख्ने संस्था भएको हुँदा यससँगको सम्पर्क र सहकार्यले स्थानीय सरकारको कामकाज तथा नीति निर्माण तहमा समेत टेवा पुग्ने देखिन्छ । यस्ता संस्थाहरुलाई हरेक टोलवासीले आफ्ना आवश्यकता र सरोकारका विषयमा सशक्त बहस र पैरवी गर्ने थलोको रुपमा स्थापित गर्नुपर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।