देवदह । रूपन्देहीको देवदहमा बालबालिकाहरूले तीज गीत प्रतियोगिता गर्ने भएका छन् । देवदह-५ मा क्रियाशील बाल क्लबको आयोजनामा बालबालिका र अभिभावकको भूमिका विषयमा केन्द्रित रहेर प्रतियोगिता आयोजना गर्न लागेको वडा कार्यालयले जनाएको छ ।
हरितालिका तीज र कुशें ओेेेैँशीको सन्दर्भ पारेर २०८१ भदाै १७ गते खैरेनीस्थित जेष्ठ नागरिक मिलन केन्द्रमा प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगितामा वडा नं ५ मा सक्रिय सम्पूर्ण बाल समुहहरुबिच सहभागी हुन पाउने छन् । ७ देखि ९ जना सम्मको समूहमा तोकिएको विषयवस्तुभित्र रहेर बालबालिकाले प्रस्तुति दिने छन् ।
देवदह नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा भएको देवदह-५ ले बालबालिकाको सहभागीतामा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology