देवदह । देवदह नगरपालिका वडा नं. ९ मा अवस्थित न्यू नमूना इंलिश बोर्डिंग स्कुलमा अध्ययनरत बालबालिकाले बालदिवसको अवसरमा अपाङ्ग आश्रममा खाद्यान्न सहयोग गरेका छन् । विद्यालयमा क्रियाशील न्यू नमुना बाल क्लबले संकलन गरेको रकमबाट शुक्रबार बुटवलको देवीनगरस्थित नेपाल अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् ।
'सेवा नै धर्म हो' भन्ने मान्यतालाई आत्मसाथ गर्दै आफूहरूको खाजा खर्चबाट केही रकम बचाएर आश्रममा सहयोग गरेको क्लबका अध्यक्ष समिक्षा गुरुङले बताइन । 'हाम्रो सहयोगले उहाँहरू पनि खुसी हुनुभयो, हामीले आफ्नै पैसाले गरेको सहयोगले उहाँहरूको अनुहारमा खुसी देख्न पाउँदा आनन्द महसुस हुने रहेछ' उनले भनिन ।
तीन बोरा चामल, ५ किलो दाल, चिनी, चियापत्ती, चाउचाउ, विस्कुट, जुस र फलफुल सहयोगमा उपलब्ध गराईएको विद्यार्थीले जनाएका छन। सो अवसरमा कक्षा ८ पढ्ने छात्रा दृष्टान्त सुनारले आज परेको आफ्नो जन्मदिन समेत आश्रममा खाद्यान्न वितरण गरेर मनाएकी थिईन।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य चुराबहादुर थापा, बाल क्लबका शिक्षक नायक हेमराज चालिसे, सहनायक पुष्पा पुन लगायतको समेत उपस्थिति रहेको थियो ।
अपाङ्ग आश्रममा फरक क्षमता भएका ४५ जना महिला पुरुषले रहेका छन्।
साथै बालदिवसको अवसरमा विद्यालयले विद्यालयमा समेत विविध कार्यक्रम गरेको विद्यालयले जनाएको छ। विद्यालयमा संचालन भएका नृत्य, गायन, कथा-कविता बाचन कार्यक्रम सहभागी र विजेता पुरस्कार वितरण गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology