Logo

२०८३, श्रावण २७गते


images
images

विद्यालयस्तरिय तीज गीत प्रतियोगितामा एभरेष्ट बोर्डिङ प्रथम

विद्यालयस्तरिय तीज गीत प्रतियोगितामा एभरेष्ट बोर्डिङ प्रथम

images
  • विद्यालयस्तरिय तीज गीत प्रतियोगितामा एभरेष्ट बोर्डिङ प्रथम
    images
    images

    बुटवल ।  राष्ट्रिय बाल दिवस - २०८० को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले जिल्लाव्यापी विद्यालय स्तरीय तीज गित प्रतियोगिता सम्पन्न गरेको छ। बालबालिकामा लगानी : सुनिस्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बुटवल बाल मन्दिरको सभाहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका ११ बिद्यालय सहभागी भएका थिए।

    images
    images
    images

    प्रतियोगितामा एभरेस्ट  बोर्डिङ  स्कुल प्रथम, गाग्री एकेडेमी   द्धितिय, न्यू होराईजन तृतिय भएको छ भने उक्त प्रतियोगितामा होराईजन गौतम बुद्ध एकेडेमी  सान्त्वना भएको थियो। प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश १५ हजार, १० हजार, ७ हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको नेपाल बाल संगठनका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी दिए । प्रतियोगितामा नारायण प्रसाद खनाल, अन्जु श्रेष्ठ र अनु रजकले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    images
    images
    images

    नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाको उप प्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यता, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, समाजसेवी अरुणा श्रेष्ठ, नमस्ते नेपाल बाल क्लबको उपाध्यक्ष एलिजा थारु लगाएतको उपस्थिति रहेको थियो।

    images
    images
    images

    कार्यक्रम संगठनका उपाध्यक्ष अञ्जु श्रेष्ठको स्वागत र संगठनको सचिब कल्पना पाण्डे मगरको सञ्चालनमा भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीज गीत प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।