Logo

२०८३, श्रावण २७गते


images
images

न्यू नमुनामा तीज गीत प्रतियोगिता

न्यू नमुनामा तीज गीत प्रतियोगिता

images
  • न्यू नमुनामा तीज गीत प्रतियोगिता
    images
    images

    देवदह । रूपन्देहीको देवदह ९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार हिन्दु नारीहरूको चाड हरितालिका (तीज) को अवसर पारी प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    प्रतियोगितामा कक्षा नर्सरीबाट बहिनी श्रीशा सारु मगर, बियोन्स सिरिस र सोनिया बि.क क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् । त्यसैगरी कक्षा एलकेजीबाट बहिनी निवि बानिया क्षेत्री, ग्रिस्मा तिवारी र सूप्रिया सुनार क्रमश: प्रथम द्वितीय र तृतीय भएका छन् भने कक्षा युकेजीबाट प्रथम, द्वितीय र तृतीय क्रमश: बहिनी सुवेक्षा सुनार, सुप्रिया पाण्डे, रिवान्सु थापा र आर्जु थापा भएका छन् ।

    images
    images
    images

    त्यस्तै कक्षा १ देखि ३ सम्मको तहमा कक्षा २ 'मुन' प्रथम, कक्षा ३ 'भेनस' द्वितीय  भएका छन् । कक्षा ४ देखि ६ सम्मको तहमा कक्षा ६ 'पर्पल' प्रथम,  कक्षा ६ 'पिंक' द्वितीय र कक्षा ५ 'ग्रिन तृतीय हुन सफल भएको विद्यालयका सूचना अधिकारी हेमराज चालिसेले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै कक्षा ७ देखि १० सम्मको तहमा कक्षा ७ 'फेवा' प्रथम, कक्षा ९ 'अरनीको' द्वितीय र कक्षा ८ फिस्टेल तृतीय भएका छन् । प्रतोयोगीतामा विद्यालयका शिक्षिकाले समेत नृत्य प्रस्तुत गरेका थिए । 

     कार्यक्रममा विद्यालयका प्राचार्य चुराबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव भट्टराई, शिक्षकहरू खडक बहादुर क्षेत्री, कृष्णप्रसाद पन्थी, सिर्जना जिसी, सागर पौडेल लगायतको उपस्थिति रहेको थियो ।  

    राष्ट्रिय लोक तथा दोहोरी गायक लोकेन्द्र सापकोटा, मनोज श्रीपाली र तिर्सना पुनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीज गीत प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।