Logo

२०८३, श्रावण २७गते


images
images

तीजको रौनक

अन्तर विद्यालय तीज गीत प्रतियोगितामा केरवानी मावि प्रथम

अन्तर विद्यालय तीज गीत प्रतियोगितामा केरवानी मावि प्रथम

images
  • अन्तर विद्यालय तीज गीत प्रतियोगितामा केरवानी मावि प्रथम
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा सम्पन्न अन्तर माध्यमिक विद्यालयस्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा केरवानी मावि देवदह ५ प्रथम भएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत आयोजना गरिएको ‘लैङ्िगक समानता हाम्रो चाहाना, समृद्ध नगर हाम्रो सपना विषयक’ तीज गीत प्रतियोगितामा जनता मावि देवदह ८ द्धितीय भएको छ ।

    images
    images
    images

    २१ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा देवदह ईङ्गलिस बोर्डिङ् स्कुल तृतीय र देवदह मा.वि तथा महामाया भवानी मा.विले सान्त्वना स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम स्थान हासिल गरेको केरवानीले नगद ३३ हजार ३ सय ३३, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो । यसैगरी द्वितीय हुने जनताले २६ हजार ६ सय ६६ नगद, शिल्ड र प्रमाणपत्र तथा  तृतीय हुने देवदह बोर्डिङ्ग स्कुलले २० हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै सान्तवा हुने महामाया र देवदह माविलाई समान ६ हजार ६ सय ६६ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

    images
    images
    images

    प्रतियोगिताको उद्देश्यवारे बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले महिला सशक्तीकरण लैङ्गिक विभेद अन्त्यका लागि तीज गीतमा प्रस्तुत हुने विषयवस्तुले प्रभावकारी भुमिका खेल्ने बताईन् । महिला नेतृत्व विकाससंगै अव आय आर्जनको पाटोमा जोडिन आवश्यक रहेको उल्लेख गर्दै उनले समृद्ध नगरमा लैङ्गिक विभेदको परिकल्पना हुन नसक्ने उल्लेख गरिन् । 

    सोहि अवसरमा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले नगरपालिकाले महिला लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्ने गरेको र आगामी दिनमा समेत लक्षित समूह केन्द्रित कार्यक्रमले निरन्तरता पाउने बताए ।

    कलाकार नारायण लेकाली, डि.वि गुरुङ र रीता शाही निर्णायक रहेको कार्यक्रम कृष्ण माया रानाको स्वागत, मन्दिरा अर्याल र शिक्षा अधिकृत पर्शुराम ढकालको सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीज गीत प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।