Logo

२०८३, श्रावण २७गते


images
images

गीति नाटक प्रतियोगिताको उपाधी देवदह मावि बाल क्लबलाई

गीति नाटक प्रतियोगिताको उपाधी देवदह मावि बाल क्लबलाई

images
  • गीति नाटक प्रतियोगिताको उपाधी देवदह मावि बाल क्लबलाई
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा आयोजित गिति नाटक प्रतियोगितामा देवदह मावि बाल क्लब प्रथम भएको छ । देवदह नगरपालिकाको आयोजना र वडा नम्बर ७ को टोल विकास संस्था र आमा समूहको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा अन्य १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै देवदह मावि बाल क्लब प्रथम भएको हो । 

    images
    images
    images

    त्यस्तै वडा नं ७ कै ३ वटा टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै उज्यालो बाल क्लब द्वितीय र बुद्ध बाल क्लबले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका क्वबहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे भने सहभागी अन्य प्रतियोगिले सहभागीताको प्रमाणपत्र प्राप्त गरेको वडा सदस्य रमेश खरेलले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा विजेता समूहलाई पुरस्कार वितरण गर्दै देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई २०८२ फागुन मसान्त भित्र बाल मैत्री वडा घोषणा गर्नेगरि नगरपालिकाले तयारी गरेको र वडाहरुले अत्यन्तै सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको बताए ।

    images
    images
    images

    ‘गीति नाटक प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने मौका प्राप्त भएको छ ।’ नगर प्रमुख खरेलले भने, ‘नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर नतिजा सुधारका लागि कार्ययोजना बनाएर काम गरिरहेको छ ।’

    सोही अवसरमा बोल्दै वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बालमैत्री वडा निर्माण गर्नका लागी चाहिने ५१ वटा सूचक मध्ये शतप्रतिशत सूचक पूरा भईसकेको र २०८१ को चैत्र मसान्त भित्र देवदह–७ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी भैरहेको बताए ।

    देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख जयकिशन अधिकारी र देवदह नगरपालिका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले प्रतियोगितामा निर्णायकको रुपमा निर्वाह गरेका थिए ।

    बालमैत्री कार्यक्रम अन्तर्गत आइतवार सचेतनामूलक ¥याली आयोजना गरिएको र सो ¥याली मदन आश्रीत सभाहलबाट सुरु भएर शितलनगर चोक, लक्ष्मी नगर, पिपलडाडा, कोलिय मार्ग, सुनकौडा, शान्तिनगर हुँदै देवदह मावि पुगेर समापन हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।

    कार्यक्रम बालमैत्री वडा सहजकर्ता  बबिता भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।