Logo

२०८३, श्रावण २७गते


images
images

खानेपानी

घोडाहास्थित देवदह खानेपानीको बोरिङमा स्थानीयले लगाए ताला

घोडाहास्थित देवदह खानेपानीको बोरिङमा स्थानीयले लगाए ताला

images
  • घोडाहास्थित देवदह खानेपानीको बोरिङमा स्थानीयले लगाए ताला
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ९ स्थित घोडाहामा रहेको देवदह खानीपानीले संचालन गएको बोरिङमा स्थानीयले ताला लगाएका छन् । सडक निर्माण र स्थानीय मन्दिरको महशुल सम्बन्धि अठार महिनाअघि भएको सहमति कार्यान्वय नभएको भन्दै बिहिबार स्थानीयले बोरिङमा ताला लगाए ।

    images
    images
    images

    करिव १८ महिनाअघि पनि यसैगरि तालाबन्दी गरिएपछि स्थानीय, जनप्रतिनिधि र खानेपानीबीच सहमति पश्चात ताला खोलिएको थियो । तत्कालिन अवस्थामा बोरिङसम्म जाने बाटो बनाउने सर्तमा पानी खानेपानीमा जोड्न दिएको तर सहमति कार्यान्वयन नभएको स्थानीय नारायण पाण्डेले बताए । ७० प्रतिशत वडा कार्यालयले लगानी गर्ने र ३० प्रतिशत खानेपानी कार्यालयले लगानी गर्ने सहमति देवदह खानेपानीका अध्यक्ष गुमानसिङ् कुँवर र वडा प्रतिनिधि विष्णु भट्टराईले कार्यान्वयन नगरेपछि बिरोध स्वरुप ताला लगाइएको उनको भनाइ छ । 

    images
    images
    images

    त्यसो त अहिले यो समस्या बाटोमा मात्र जोडिएको छैन । स्थानीय  कोटियादेवी मन्दिरले खानेपानीलाई तिर्नुपर्ने खानेपानी महसुलसंग पनि यो जोडिएको छ । बोरिङ्गलाई खानेपानीमा जोडिएपछि पानी प्रयोग वापतको १८ महिनाअघि मन्दिरले खानेपानीलाई तिर्नुपर्ने महशुल ३२ हजार थियो । उक्त महशुल तिर्न मन्दिर तयारपनि थियो तर गत चैतमा मन्दिर समिति ३२ हजार महशुल तिर्न खानेपानी कार्यालय जाँदा ३२ हजार होइन, बक्यौता महशुल ७१ हजार ९०० रहेकोले पुरै पैसा भुक्तानी नगरे ३२ हजार मात्र नबुझ्ने भन्दै खानेपानीले रकम बुझ्न नमानेको मन्दिर समितिका अध्यक्ष नित्यानन्द खनालले बताए । ३२ हजार तिरे हुन्छ भनेको खानेपानीले ७१ हजार बिल पुर्याएको र मन्दिरको पानीको पाइप फुटेका कारण पानीको बिल बढी आएको भए त्यसको जिम्मा खानेपानीले लिनुपर्ने उनको भनाइ छ । 

    images
    images
    images

    यता खानेपानीको भनाइ भने फरक छ । सेतोमसीसंग कुरा गर्दै देवदह खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष गुमानसिङ् कुँवरले बाटो निर्माणको सन्दर्भमा प्रतिबद्धता पुरा गर्न आफूहरू तयार रहेको बताए । वडा कार्यालयले लगानी गर्ने भनिएको कुल लागतको ७० प्रतिशत लगानी आएको अवस्थामा जुनसुकै बेला आफूहरू ३० प्रतिशत लगानी गर्न तयार रहेको उनले बताए ।  

    खानेपानीको महशुल भुक्तानीको विषयमा अध्यक्ष कुँवरले वर्षौंसम्म महशुल नतिरेको कारण समस्या देखिएको बताए । "यसअघिको छलफलमा जरिवाना लगायतका अतिरिक्त शुल्क मिनाहा गरि ३२ हजार महशुल मन्दिरले तिर्ने सहमति भएपनि समयमै भुक्तानी नगरिएको र त्यसयता निरन्तर पानीको प्रयोग भैरहेको हुनाले झन्डै ७२ हजार बक्यौता बाँकी रहेको देखिए पनि खानेपानीको भुक्तानी पार्टनर इसेवासंग छलफल गरि जरिवाना लगायत छुट दिंदासमेत ५९ हजार तिर्नुपर्ने देखिएको छ ।" उनले भने, "उहाँहरू ४५-४६ हजारभन्दा बढी तिर्दैनौं भन्नुहुन्छ, हामीले ५९ हजार नै तिर्नुस्, त्यसपश्चात १२-१५ हजारको मन्दिरलाई आवश्यक दराज, टेवल आदि समान खरिद गर्न खानेपानीले सहयोग गर्छ भनेका छौं । मन्दिर सार्वजनिक संस्था हो, हाम्रो पनि सार्वजनिक दायित्व हुन्छ तर संस्थागत प्रक्रिया त पुरा गर्नुपर्यो नि  ।"

    कोटियादेवी मन्दिरले महायज्ञ लगाउँदा समेत एक महिनासम्म निशुल्क खानेपानी उपलब्ध गराएको र आवश्यक पर्दा यस प्रकारका कार्यक्रममा संस्थाले सहयोग गर्ने अध्यक्ष कुँवरको भनाइ छ । 

    वि सं २०५७ सालमा खड्ग बहादुर जङलीको अध्यक्षतामा सिंचाईको लागि सुरुवात गरिएको बोरिंङ स्थानीय कलावती पान्डेको नाममा रहेको जग्गामा छ । २०७५ सालबाट उक्त बोरिङको पानीलाई खानेपानीको लाइनमा जोडेर सुचारु गरिएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।