Logo

२०८३, श्रावण २७गते


images
images

रोटरी क्लब अफ देवदहको अध्यक्षमा पाठक चयन

रोटरी क्लब अफ देवदहको अध्यक्षमा पाठक चयन

images
  • रोटरी क्लब अफ देवदहको अध्यक्षमा पाठक चयन
    images
    images

    देवदह । रोटरी क्लब अफ देवदहको अध्यक्षमा युवा व्यवसायी विष्णु पाठक चयन भएका छन् । सोमबार बर्ष २०२४-२५  को लागि रोटरी देवदहको अध्यक्षमा पाठक चयन भएका हुन् । 

    images
    images
    images

    क्लबको उपाध्यक्षमा इन्द्र सुनार, कृष्ण अधिकारी र कृष्ण गैरे रहेका छन् । डोलराज न्यौपाने अर्जुन इलेक्ट प्रेसिडेन्ट भएका छन् भने कोषाध्यक्षमा गुरु प्रसाद न्यौपाने चयन भएका छन् । 
     
     पुर्व अध्यक्षहरू  डम्मर गुरुङ र सचिन पंगेनी सल्लाहकारको रूपमा रहेको नवनिर्वाचित अध्यक्ष विष्णु पाठकले जानकारी दिए । 

    images
    images
    images

     सन् १०५९ मा नेपालमा पहिलो पटक खुलेको रोटरी क्लब देवदहमा क्रियाशील भएको ८ वर्ष वितेको छ । रोटरी क्लब अफ देवदहको संस्थापक अध्यक्ष जयकिशन अधिकारी हुन् । 
      
     सन् १९०५ मा अमेरिकाको शिकागोमा स्थापना भएको रोटरी क्लबका संस्थापक पॉल पी. ह्यारिस हुन् । 

    images
    images
    images

    क्लबले शिक्षा, स्वास्थ्य, सफाइ, र खानेपानी परियोजनामा काम गर्दछ। यसले पोलियो उन्मूलन, शुद्ध पानीको पहुँच, मातृ र बाल स्वास्थ्य, र शिक्षा जस्ता प्रमुख परियोजनाहरूमा काम गरेको छ ।

    विश्वभर रोटरी क्लबको विश्वभर ३५ हजारभन्दा बढी क्लबहरू छन् भने १.२ मिलियन भन्दा बढी सदस्य रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।