देवदह । रोटरी क्लब अफ देवदहले इन्ट्र्याक क्लब खोल्ने भएको छ । शनिबार एक कार्यक्रम गर्दै रोटरी देवदहले १२ वर्षदेखि १८ वर्षका उमेरको समूह समावेश हुने गरी इन्ट्र्याक्ट क्लब अफ देवदह खोल्ने निर्णय गरेको हो ।
नवगठित इन्ट्र्याक्ट क्लब अफ देवदहको अध्यक्षमा नेत्र भुषाल, उपाध्यक्षमा प्रकृति पाण्डे , सचिवमा अन्कुर पोख्रेल, कोषाध्यक्षमा शिशिर पौडेल, सह-कोषाध्यक्षमा अलिसा थापा र सर्भिस प्रोजेक्ट चेयरमा सुरभी पराजुलीसहित ४० सदस्य रहेका छन् ।
इन्टर्याक्ट रोटरी क्लबको संजाल अन्तर्गत युवाहरूको लागि स्थापित गरिएको सेवा क्लब रहेको र यसको उद्देश्य समुदायमा सेवा गर्नु, नेतृत्व र कौशल विकसित गर्नु र नयाँ मित्रता बनाउनु रहेको जनाइएको छ ।
कार्यक्रममा रोटरी क्लबका अध्यक्ष डा सुन्दर पाण्डेको अध्यक्षतामा तथा इलेक्ट प्रेसिडेन्ट बिष्णु प्रसाद पाठकको सन्चालनमा रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology