Logo

२०८३, श्रावण २७गते


images
images

रोटरी क्लब अफ देवदहलाई ५ लाख राशिको अवार्ड

रोटरी क्लब अफ देवदहलाई ५ लाख राशिको अवार्ड

images
  • रोटरी क्लब अफ देवदहलाई ५ लाख राशिको अवार्ड
    images
    images

    देवदह । रोटरी क्लब अफ देवदहले पाँच लाख राशिको अवार्ड प्राप्त गरेको छ । रोटरी डिस्ट्रिक ३२९२ ले हरेक वर्ष प्रदान गर्ने 'रोटरी जनक दास - कान्छी मैयाँ' अवार्ड यो वर्ष रोटरी क्लब अफ देवदहले प्राप्त गरेको हो ।  

    images
    images
    images

    शनिबार एक कार्यक्रमबीच अवार्डदाता अम्बिका श्रेष्ठ, रोटरी भोकेसनल अवार्ड कमिटि प्रमुख बासुदेव गोल्यान र क्लबका जिल्ला गभर्नर राजेन्द्रप्रसाद धोजुले क्लबका अध्यक्ष डा. सुन्दर पाण्डे, संस्थापक अध्यक्ष जयकिसन अधिकारी, इलेक्ट प्रेसिडेन्ट विष्णु पाठक लगायतलाई अवार्ड प्रदान गरेका हुन् । 

    images
    images
    images

    रोटरी क्लब अफ देवदहले विद्यार्थीहरूको निशुल्क बाथ मुटु रोग परिक्षण गरि सामाजिक कार्य गरेको उल्लेख गर्दै डिस्ट्रिकले देवदहलाई अवार्ड प्रदान गरेको जनाईएको छ ।

    images
    images
    images

    रोटरी क्लबले विगत नौ महिनादेखि देवदहमा रहेका विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूको निशुल्क मुटु परिक्षण गर्दै  आएको थियो ।  रोटरीले देवदहका २३ विद्यालयका १२ हजार ७१ जना विद्यार्थीको निशुल्क बाथ मुटु रोग परिक्षण गरेको गरिसकेको छ  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।