Logo

२०८३, श्रावण २७गते


images
images

रोटरी क्लबले गर्यो १२ हजार विद्यार्थीको बाथ मुटु रोग परिक्षण

रोटरी क्लबले गर्यो १२ हजार विद्यार्थीको बाथ मुटु रोग परिक्षण

images
  • रोटरी क्लबले गर्यो १२ हजार विद्यार्थीको बाथ मुटु रोग परिक्षण
    images
    images

    देवदह । रोटरी क्लब अफ देवदहले १२ हजार बढी विद्यार्थीको बाथ मुटु रोग परिक्षण गरेको छ । विगत नौ महिनादेखि देवदहमा रहेका विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूको निशुल्क मुटु परिक्षण गर्दै आएको रोटरीले २३ विद्यालयका १२ हजार ७१ जना विद्यार्थीको निशुल्क बाथ मुटु रोग परिक्षण गरेको हो । 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै क्लबका इलेक्ट प्रेसिडेन्ट विष्णु पाठकले देवदहका विद्यार्थीको निशुल्क बाथ मुटु रोग परिक्षण गरिएको बताए । सुरुवाती अवस्थामै समस्याहरू पत्ता लगाउँदा उपचारमा सहज हुने भएकोले क्लबले आफ्नै खर्चमा विद्यार्थीको मुटु परिक्षण गरेको उनले बताए ।

    images
    images
    images

    स्वास्थ्यमा समस्या देखिएका विद्यार्थीलाई देवदह मेडिकल कलेजमा थप परिक्षणको निशुल्क व्यवस्था समेत क्लबले मिलाएको छ । देवदहको केरवानी माध्यमिक विद्यालयबाट सुरू भएको परिक्षण प्रगति माध्यमिक विद्यालयमा पुग्दै गर्दा नौ महिना समय लागेको र यसबीचमा ५५८ जना  विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको क्लबले जनाएको छ ।  

    images
    images
    images

    मंगलबार मात्रै प्रगति माविमा गरिएको ५०० जना विद्यार्थीको परिक्षणमा ३० जनामा समस्या देखिएको र उनीहरूको थप परिक्षणको व्यवस्था क्लबले मिलाएको जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।