देवदह । देवदहमा मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । मंगलबार देवदहमा पत्रकार भेटघाट गर्दै नगर खेलकुद विकास समितिले बुधबारदेखि तेस्रो मेयर कप वडास्तरिय प्रतियोगिता गर्न लागेको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समिति संयोजक कमल पाण्डेले प्रतियोगिता नगरपालिकाका १२ वटै वडामा रहेका खेलाडी वडागत रूपमा सहभागी हुने बताए । पाँच दिनसम्म संचालन हुने प्रतियोगिताको बुधबार नगरप्रमुख ध्रुवप्रसाद खरेलले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
प्रतियोगितामा विजेता हुनेलाई ५१ हजार नगद र उपविजेतालाई ३१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाईएको छ । साथै विधागत रूपमा समेत खेलाडीलाई पुरस्कृत गरिने नगर खेलकुद विकास समितिले जनाएको छ ।
नगर शिक्षा, युवा तथा खेलकुद शाखाको सिफारिसका आधारमा टिम दर्ता गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैया लाग्ने अनुमान गरिएको संयोजक पाण्डेले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology