देवदह । रुपन्देहीको देवदहमा जारी पाँचौ मेयर कप वडास्तरीय फुटवल प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न खेलमा वडा नं १० र वडा नं ८ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।
पहिलो खेलमा वडा नम्वर ७ लाई ३-० को गोल अन्तरले हराउदै देवदह-१०, विजयी भएको हो । खेलको पहिलो हाफमा १ गोल गरेको वडा नं १० ले दोश्रो हाफको अन्तिममा थप २ गोल गर्दै सहज जित निकालेको हो । खेलमा जर्सी नं १० का मोहन थापाले २ र जर्सी नम्वर १९ का दिपेश परियारले १ गोल गरे । वडा नं १० यसअघि सम्पन्न उद्घाटन खेलमा वाकओभर पाएर विजयी भएको थियो । बिहिबारको जितसंगै वडा नं १० सेमीफाईनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
यसैगरी वडा नं ८ र ५ बिच भएको दोश्रो खेलको निर्धारित समयमा दुवै टिमले १ -१ गोल गरी थप गोल हुन नसकेपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेकरमा विजयी हुदै वडा नम्वर ८ समेत सेमीफाईनल प्रवेश गरेको छ । ट्राईवेकरमा ४ का विरुद्ध ५ गोल गर्दै वडा नम्वर ८ विजयी भएको हो ।
देवदह नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद ५१ हजार, उपविजेताले नगद ३१ हजार, ट्रफी प्राप्त गर्ने संयोजक कमल पाण्डेले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology