देवदह । रुपन्देहीको देवदहमा जारी पाँचौ मेयर कप वडास्तरीय फुटवल प्रतियोगिताको फाईनलमा वडा नं २ र १० बिच प्रतिष्पर्धा हुने भएको छ । शनिबार सम्पन्न सेमिफाईनल खेलमा बिजेता बन्दै वडा २ र १० ले फाइनल यात्रा तय गरेका हुन् ।
शनिबारको पहिलो सेमिफाइनल खेलमा वडा नं ८ लाई ट्राइवेकरमा पराजित गर्दै वडा नं २ बिजयी बन्यो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा ४-२ गोल अन्तरले वडा नं २ बिजयी बन्यो । खेलमा वडा नं २ का गोलकिपर निशान खाम्चा म्यान अफ दि म्याच धोषित भए ।
यसैगरी दोस्रो सेमिफाइनल खेलमा वडा नं ९ लाई शुन्यका बिरुद्ध २ गोल गर्दै वडा नं १० बिजयी बन्यो । पहिलो हाफमा १-० को अग्रता बनाएको वडा नं १० ले दोस्रो हाफको अन्तिम समयमा थप एक गोल गर्दै २-० को जित निकाल्यो । खेलमा वडा नं १० का मोहन बहादुर थापा म्यान अफ दि म्याच धोषित भए ।
प्रतियोगिताको फाइनल खेल आइतबार दिउसो ३ बजे हुने आयोजकले जनाएको छ । देवदह नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ५१ हजार, उपविजेताले नगद ३१ हजारसंगै ट्रफी प्राप्त गर्ने खेल संयोजक कमल पाण्डेले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology