Logo

२०८३, श्रावण २७गते


images
images

खेलकुद

वडा नम्बर ८ ले जित्यो आठौँ सुनवल मेयर कपको उपाधि

वडा नम्बर ८ ले जित्यो आठौँ सुनवल मेयर कपको उपाधि

images
  • वडा नम्बर ८ ले जित्यो आठौँ सुनवल मेयर कपको उपाधि
    images
    images

    देवदह । सुनवल नगरपालिकाले आयोजना गरेको आठौँ मेयर कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि वडा नम्बर ८ ले हात पारेको छ। फाइनल खेलमा वडा नम्बर ३ सँगको प्रतिस्पर्धा निर्धारित समयसम्म बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा पुगेको थियो।

    images
    images
    images

    ट्राइबेकरमा वडा नम्बर ८ ले ६ गोल गर्दा वडा नम्बर ३ ले ५ गोल मात्र गर्न सकेपछि उपाधि वडा नम्बर ८ को पोल्टामा परेको हो। खेल अवधिभर दुबै टिमले गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयमा कुनै पनि गोल हुन सकेन।

    images
    images
    images

    खेलको पहिलो र दोस्रो हाफ दुवै पक्षको जोडबल र सावधानीपूर्ण रणनीतिमा सीमित रह्यो। वडा नम्बर ८ का खेलाडीहरूले गोल प्रयास गरे पनि वडा नम्बर ३ का गोलकिपर अशोक थापाले ती प्रयासहरूलाई रोक्न सके।

    images
    images
    images

    मेयर कप.jpeg

    तर ट्राइबेकरमा पुगेपछि वडा नम्बर ३ का खेलाडी मनुका थापा र विवस रानाले गोल गर्न नसक्दा उपाधि चुक्नु पर्‍यो।

    विजेता बनेको वडा नम्बर ८ ले नगद १ लाख ५५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता वडा नम्बर ३ ले नगद ९० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ। सेमिफाइनलमा पुगेका दुई टिमलाई प्रती टिम २५ हजार रुपैयाँ प्रदान गरिएको छ।

    प्रतियोगितामा वडा नम्बर ३ का जर्सी नम्बर ७ का खेलाडी रामबहादुर थापाको प्रदर्शन विशेष चर्चामा रह्यो। एउटा हात नभएका थापा मैदानमा आत्मविश्वाससहित उत्रिएका थिए र उनले प्रभावशाली खेल देखाएका थिए।

    पुरस्कार वितरण समारोहमा नगर प्रमुख विमला अर्यालले सुनवल नगरपालिकालाई खेलकुदको सम्भावनायुक्त भूगोलका रूपमा विकास गरिरहेको बताउँदै खेलमैदान निर्माण तथा व्यवस्थापनमा नगरपालिका गम्भीर रूपमा लागेको उल्लेख गरिन्।

    अर्यालले खेलकुदलाई स्वास्थ्य, चेतना र पहिचानसँग जोड्दै खेलकुद क्षेत्रमै बजेट विनियोजन गरी खेलाडी उत्पादन र संरक्षणमा निरन्तर लागेको बताइन्।

    आठौँ मेयर कप फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश वारघरेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

    सो अवसरमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संस्थाहरुलाई सम्मान गरिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।