Logo

२०८३, श्रावण २७गते


images
images

मेयर कप

तेस्रो देवदह मेयर कप : वडा नं १२ बन्यो च्याम्पियन

तेस्रो देवदह मेयर कप : वडा नं १२ बन्यो च्याम्पियन

images
  • तेस्रो देवदह मेयर कप : वडा नं १२ बन्यो च्याम्पियन
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा संचालित तेश्रो अन्तर वडास्तरीय मेयर कप रनिङ्ग सिल्ड  फुटवल प्रयोगिता–२०८० को उपाधी देवदह–१२ ले हात पारेको छ । प्रतियोगिता अन्तर्गत भएको फाईनल खेलमा देवदह–५, लाई १ विरुद्ध २ गोल गर्दै वडा नम्वर १२ ले तेस्रो मेयर कपको च्याम्पियन बन्यो । 

    images
    images
    images

    उपाधीसंगै वडा नम्वर १२ ले नगद ५१ ह्जार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेटा टिम वडा नम्वर ५ ले नगद ३१ हजार, ट्रफी प्राप्त गरेको छ । 

    images
    images
    images

    खेलमा पहिलो हाफको १० औं मिनेटमा वडा नम्वर ५ का जर्सी नम्वर १५ का खेलाडी दिवस थापाले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको दोश्रो हाफको १६ औं मिनेटमा जर्सी नम्वर १२ का खेलाडी प्रदीप तामाङ्गले एक गोल गर्दै खेललाई बरावरीमा फर्काए । 

    images
    images
    images

    निकै प्रतिस्पधा रहेको खेलको अन्तिम समयमा वडा नम्वर १२ का जर्सी नम्वर १२ का खेलाडी प्रदीप थापाले थप एक गोल गर्दै टिमलाई विजयी बनाउन सफल भए । 

    प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा वडा नम्वर ५  का जर्सी नम्वर २ का खेलाडी दिपक सिंजाली घोषित भएका छन् । यसैगरी खेल अवधिभर सवैभन्दा बढि गोलकर्ताको रुपमा ४ गोल गर्दै वडा नम्वर ४ का खेलाडी विशाल दर्जी सर्वाधिक गोलकर्ता बनेका छन् । 

    प्रतियोगितामा उत्कृष्ट डिफेन्डर वडा नम्वर १२ का भिमबहादुर गुरुङ, उत्कृष्ट गोलकिपर वडा नम्वर १२ का धनबहादुर तामाङ, उत्कृष्ट मिड फिल्डर वडा नम्वर ५ का खेलाडी विशाल वारघरे घोषित भएका छन । 

    प्रतियोगितामा विजेता खेलाडीहरुलाई देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले संयुक्त रुपमा पुरस्कार वितरण गरे । 

    नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्तरिय राष्ट्रपति सिल्ड प्रतियोगितामा पदक विजेताहरुलाई नगद सहित पुस्कृत गरिएको थियो ।  नगर शिक्षा अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।