देवदह । तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगितामा शुक्रबार सम्पन्न खेलमा देवदह–५ र देवदह–७ विजयी भएका छन् । देवदहस्थित पानाबारी खेलमैदानमा भएका दुईखेलमा वडा नं ८ लाई पराजित गर्दै वडा नं ७ र वडा नं ६ लाई पराजित गर्दै वडा नं ५ अघिल्लो चरणमा प्रवेश गरे ।
पहिलो खेलमा वडा नम्वर ८ लाई हराउदै देवदह–७, विजयी भएको हो । निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल गरी थप गोल हुन नसकेपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेकरको आधारमा वडा नम्वर ७ विजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलमा देवद–७ का जर्सी नम्वर १३ का खेलाडी असिम नेपालीले २ गोल गरेका थिए भने वडा नम्वर ८ का जर्सी नम्वर ३ का खेलाडी निरबहादुर थापा र जर्सी नम्वर १६ का सुजन थापाले १÷१ गोल गरेक थिए । ट्राईवेकरमा २ का विरुद्ध ३ गोल गर्दै वडा नम्वर ७ विजयी भएको छ ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा वडा नं ५ विजयी भएको छ । खेलमा वडा नम्वर ६ लाई शुन्यका विरुद्ध ४ गोल गर्दै वडा नम्वर ५ सेमिफाईनलमा प्रवेश गरेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिए । खेलमा जर्सी नम्बर ३२ का अमृत थापा, जर्सी नम्वर ८ का सुजन गुरुङ्ग, जर्सी नम्वर १२ का अमृत सिंजाली, जर्सी नम्वर ७ का सुमन थापाले १÷१ गोल गरेका थिए ।
देवदह नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद ५१ ह्जार, उपविजेताले नगद ३१ ह्जार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology