Logo

२०८३, आश्विन १०गते


images
images

देवदह खानेपानीको सातौँ वार्षिक साधारण सभा

देवदह खानेपानी : ५ हजार उपभोक्ता, साढे तीन करोड बढी आम्दानी

देवदह खानेपानी : ५ हजार उपभोक्ता, साढे तीन करोड बढी आम्दानी

images
  • देवदह खानेपानी : ५ हजार उपभोक्ता, साढे तीन करोड बढी आम्दानी
    images
    images

    देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलले एक कार्यक्रमबीच शनिबार साधारणसभाको उद्घाटन गरे । 

    images
    images
    images

    साधारण सभामा प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष गुमान सिं कुँवरले देवदह क्षेत्रको विकासको सूचकमा देवदह खानेपानीले नयाँ आयाम थपेको  दावी गरे । स्वस्छ र सुरक्षित खानेपानी घरघरमा पुर्याउन निरन्तर काम भैरहेको उल्लेख गर्दै अध्यक्ष कुंवरले पानीको मागलाई मध्यनजर गर्दै अल्पकालीन कार्य योजना अन्तरगत ५ वटा बोरिङ्गलाई पम्पिङ्ग गरि पुरानो पाइपलाइङ्को संजालमा पठाउने काम भएको बताए । जसले लगभग खानेपानीको संकट हल गरेको उनको दावी छ । 

    images
    images
    images

    सहलगानी मार्फत ६ वटा डिपबोर, ३ वटा ओभरहेड टंकी, एउटा ग्राउन्ड टंकी, ३ वटा प्रेसर फिल्टर, अफिस भवन, कम्पाउण्ड र पाइपलाइनको ८५ प्रतिशत कार्यसम्पन्न भएपनि आशातित उपलब्धि हुन् नसकेको उनको भनाइ छ । अध्यक्ष कुँवरले साधारण सभामा एक वर्षमा संस्थाले गरेका १५ उपलब्धिलाई बुदागत रूपमा प्रस्तुत गरेका थिए । 

    images
    images
    images

    सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले आर्थिक वर्ष २०७९/०८० को यथार्थ विवरण र आर्थिक वर्ष २०८०/०८१को अनुमानित आय व्यय प्रस्तुत गरे । कोषाध्यक्ष ज्ञवालीद्वारा संस्थाको चालु आवको अनुमानित आम्दानी ३ करोड ५५ लाख ४२ हजार ४०० प्रस्तुत गरिएको छ । जस अन्तर्गत खानेपानी महशुल वापत १ करोड ४३ लाख आय हुने अनुमान गरिएको छ । विलम्ब दस्तुर आय २ लाख ५० हजार, कार्ड दस्तुर आय ४ हजार ४००, नामसारी दस्तुर आय ५० हजार, निवेदन दस्तुर आय ५५ हजार, नयाँ धारा जडान आय ४१ लाख २५ हजार विविध आय ६ लाख बैंक ब्याज आय ११ लाख, होल परिवर्तन आय ३७ हजार ५००  र प्रदेश तथा नगर अनुदान वापत १ करोड ४९ लाख २० हजार ५०० संस्थाले आम्दानी गर्ने जनाइएको छ । 

    मुख्य-मुख्य खर्च अन्तर्गत तलव, भत्ता र पारिश्रमिक शिर्षकमा ६१ लाख २२ हजार ५००, अतिथि सत्कारमा १ लाख १६ हजार ५००, बैठक चिया खाजामा २ लाख २५ हजार, बैठक भत्ता खर्चमा ३ लाख ९५ हजार, विद्युत-टेलिफोन महसुल १६ लाख ३२ हजार, सम्पत्ती-सामग्री खरिद ३३ लाख २० हजार सामग्री मर्मत ७ लाख ६८ हजार, पम्प बोरिङ्ग ३१ लाख ५ हजार, बाध मर्मत २३ लाख २५ हजार, तारबार, कार्यालय फर्निचर डेकोरेशन/व्यवस्थापन खर्च १३ लाख ३० हजार, अवलोकन भ्रमण खर्च ४ लाख, साधारण सभा खर्च ५ लाख ३५ हजार लगायत ३५ बुँदामा अनुमानित खर्च विवरण पेश गरिएको छ । 

    प्रतिवेदनमा हालसम्म देवदह खानेपानीका ग्राहकको संख्या ५ हजार १०१ रहेको जनाईएको छ । जसमध्य वडा नं ४ मा १, वडा नं ५ मा १ हजार ३७४, वडा नं    ६ मा ४६०, वडा नं  ७ मा १ हजार ८३६, वडा नं  ८  मा ७६४ र वडा नं ९ मा ३६६ उपभोक्ता रहेको प्रतिवेदनमा उल्लेख छ । 

    देवदह खानेपानीमा महिलाको संख्या २ हजार ३००, पुरुषको संख्या २ हजार ६५२ र संघ संस्थाको नाममा १४९ धारा रहेका छन् । 

    देवदह आदर्श बहुमुखी क्याम्पसको प्रांगणमा सम्पन्न साधारण सभामा संस्थाका सचिव हरि पाण्डेको सचिवको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक सुवकान्त न्यौपानेले लेखा प्रतिवेदन पेश गरेका थिए । 

    साधारणसभामा देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका प्रमुख विनोद कुमार भुजेल लगायतले बोलेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।