बाजुरा। बाजुराकी एक महिलाले केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म नामक फर्म दर्ता गरेकी छिन्। जिल्लाको बडीमालिका नगरपालिका–१ पिनालेख निवासी नन्दा कुमारी नाथले उक्त फर्म आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेकी हुन्।
तरकारी, खरभुजा कन्दमुल उत्पादन, भेडापालन, पशुपंक्षी पालन तथा मिश्रित खेती गर्ने उदेश्यले खोलिएको उक्त फर्मको नाम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रभावित भएर राखिएको बताइएको छ।
नन्दाका श्रीमानले ओलीको कामबाट प्रभावित भएर नै आफ्नी श्रीमतीको नाममा उक्त कृषि फर्म दर्ता गरेको त्यहाँका पत्रकार कृष्ण ओलीले बताए। यस्तै सोही ठाउँका लक्ष्मण रोकायाले पनि ओलीकै नामबाट ‘केपी बा’ स्पोर्ट क्लब दर्ता गर्ने प्रक्रिया थालेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology