Logo

२०८३, श्रावण २७गते


images
images

उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारोमात्रै हो, चाहिने ठाउँ होइन : ओली

उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारोमात्रै हो, चाहिने ठाउँ होइन : ओली

images
  • सेतोमसी सहकर्मी
  • उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारोमात्रै हो, चाहिने ठाउँ होइन : ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघमा नेतृत्वको लफडा नल्याउन निर्देशन दिएका छन् ।

    images
    images
    images

    राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेतृत्व चयनमा अप्ठेरो परे पार्टीमा आउन निर्देशन दिए ।

    images
    images
    images

    उनले भने, ‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्, सुन्नै नपरोस् । नेतृत्व र पदका लफडा । अप्ठेरो पर्‍यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भन्दिन्छौं । हामीले कामको मूल्यांकन गरेर बसेका छौं नभनेका मात्रै हौं । हामी धेरै भन्दैनौं, कसको कहाँ सच्याउनुपर्ने, तर अध्यक्ष एउटै हुने हो । उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष, तर चाहिने कुरा होइन । मान्छेहरुको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो । त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो । प्रदेश-प्रदेशमा उपाध्यक्ष चाहिँदैन भन्छ । किन चाहिएको छ ? सकेसम्म सच्याउनुस् ।’

    images
    images
    images

    अध्यक्ष ओलीले पार्टीको मिसनमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । राष्ट्रिय एकताको विपरीतमा हुने कुनै काममा नलाग्न उनले निर्देशन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।