बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा छिमेकीले चिन्ता गर्नुनपर्ने बताएका छन् ।
शनिबार रुपन्देहीमा आयोजित एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा उनले देशको स्वाभिमान र स्वाधीनता आफैं माथि उठाउने भन्दै छिमेकीले पिर गर्नुनपर्ने बताएका हुन् ।
‘हाम्रा कुनै छिमेकीले यो कुरामा चिन्ता गर्नुपर्ने, पिर गर्नुपर्ने छैन । आफ्नो राष्ट्रको, स्वाभिमान उहाँहरुलाई पनि बोध हुन्छ, हामीलाई पनि हाम्रो देशको बोध हुन्छ । आफ्नी आमा आफूलाई प्यारो लाग्छ । आफ्नी आमाको सम्मान आफूलाई गर्न मन लाग्छ । तपाईहरु हामी छिमेकी मित्र आफ्नी आमालाई सम्मान गर्नुहुन्छ भने हामी पनि हाम्री आमालाई सम्मान गर्छौं’ उनले भने ।
एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘तपाईहरु आफ्नो देशलाई सम्मान गर्नुहुन्छ, हामी पनि हाम्रो देृशलाई सममान गर्छौं । तपाईहरु आफ्नो राष्ट्रिय स्वाभिमानमा गौरव र्गाुहुन्छ,। हामी झन् बढी गर्छौं । किनभने हाम्रा पुर्खाहरुले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर पराधीन हुन नदिएर स्वतन्त्र राखेका, नेपालीहरुले गर्व गर्नुपर्छ, नेपालको स्वाधीनता दिवश छैन ।’
ओलीले नेपाललाई अझै गरिब हुन नदिने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology